ad ad

खेल


हेल्प नेपाल र आर्मी उपाधिका लागि भिड्ने

हेल्प नेपाल र आर्मी उपाधिका लागि भिड्ने

नेपालखबर
पुस ३०, २०७९ शनिबार १९:४०, काठमाडौँ

सातौँ एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ टिपटप हेल्प नेपाल र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन्। 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा शनिबार भएको सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै साविक विजेता टिपटप हेल्प नेपालले आर्मीसँगको भेट पक्का गरेको हो। 

दोस्रो सेमिफाइनलमा हेल्प नेपालले पुलिस क्लबलाई ३–२ को कठिन जित निकालेको हो। पहिलो सेटमा पुलिसलाई २५–२१ ले पराजित गरेको हेल्प नेपालले दोस्रो सेट २४-२६ ले गुमाउन पुग्यो। 

तेस्रो सेटमा २५–१७ को सहज जित निकालेको हेल्प नेपालले चौथो सेट २०–२५ ले गुमायो। पाँचौँ तथा निर्णायक सेटमा पुलिसमाथि १५ –८ को जित निकाल्दै हेल्प नेपाल फाइनलमा पुगेको हो। 

आजै भएको पुरुषतर्फको पहिलो सेमिफाइनल खेलमा आर्मीले एपीएफलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। 

सोही कभर्डहलमा भएको पहिलो सेमिफाइनलमा आर्मीले एपीएफलाई ३–० को सोझो सेटमा पाखा लगायो। आर्मीले एपीएफलाई २५–२३, २५–१७ र २५–१७ ले पाखा लगायो। 

आजै भएको महिलातर्फको फाइनलमा न्यु डायमण्ड र नेपाल पुलिस क्लब भिड्नेछन्। आइतबार महिला पुरुष दुवैतर्फको तेस्रो स्थान र फाइनल खेल हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .