ad ad

खेल


एथलेटिकोलाई हराउँदै बार्सिलोनाले बलियो बनायो उपाधि होड

एथलेटिकोलाई हराउँदै बार्सिलोनाले बलियो बनायो उपाधि होड

नेपालखबर
पुस २५, २०७९ सोमबार ७:४२, काठमाडौँ

ओसासुना डेम्बेलेको निर्णायक गोलमा एथलेटिको मड्रिडलाई हराउँदै बार्सिलोनाले स्पेनिस लाको उपाधि होडलाई बलियो बनाएको छ।

पहिलो हाफको २२ औँ मिनेटमा डेम्बलेले गरेको गोल नै बार्साको जितको लागि पर्याप्त बन्यो। 
खेलको अन्तिम समयमा एथलेटिकोले बराबरीको सुन्दर मौकालाई गुमायो। एन्टोनी ग्रिजम्यानको प्रहारलाई रोनाल्ड आराउजोले क्लियर गरे। 

खेलको अतिरिक्त समयमा दुवै टोली १० खेलाडीमा सिमित भएका थिए। स्टेफान साभिक र फेरान टोरेसको झगडा भएपछी रेफ्रिले दुवैलाई रातो कार्ड देखाउँदै मैदानबाहिर पठाएका थिए। 

सोमबार राति भएको खेलमा एथलेटिकोलाई १–० गोल अन्तरले हराउँदै बार्साले रियल मड्रिडसँगको अंक दुरी ३ ले बढाएको छ। 

समान १६ खेलबाट बार्साले ४१ अंक बनाउँदा दोस्रो स्थानको रियलको ३८ अंक छ। तेस्रो स्थानमा रहेको रियल सोसिडाडको ३२ अंक छ। 

गएराति भएकै अर्को खेलमा रियल बेटीसले रायो भल्लाकानोलाई २–१ ले हराउँदै अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ। 

रियल बेटीसले १६ खेलबाट २८ अंक बनाएको छ। गएराति कै खेलमा रियल सोसिडाडले अल्मेरियालाई २–० ले पराजित गर्दा सेभिल्लाले गेटाफेलाई २–१ गोल अन्तरले पाखा लगायो।

No description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .