ad ad

खेल


यी नौ खेलाडी, जसले प्रिमियर लिगमा सबैभन्दा छिटो २० गोल गरे

हालान्डको नाममा बन्यो नयाँ कीर्तिमान
यी नौ खेलाडी, जसले प्रिमियर लिगमा सबैभन्दा छिटो २० गोल गरे

म्यानचेस्टर सिटीका स्ट्राइकर एर्लिङ हालान्ड। तस्बिर : म्यानचेस्टर सिटीडटकम


नेपालखबर
पुस १७, २०७९ आइतबार ११:५६, काठमाडौँ

इंग्लिस प्रिमियर लिगअन्तर्गत गत गत बुधबार भएको खेलमा म्यानचेस्टर सिटीका एर्लिङ हालान्डको नाममा नयाँ कीर्तिमान बनेको छ। लिग इतिहासमा सबैभन्दा छिटो २० गोल गर्ने कीर्तिमान उनको नाममा लेखिएको हो।

लिड्स युनाइटेडविरुद्धको खेलमा गोल गर्दै हालान्डले उक्त कीर्तिमान राखेका हुन्। कुनै गम्भीर चोटको सामना गर्न नपरे हालान्डले यो सिजनमा गोल्डेन बुट जित्ने सम्भावना बलियो बनाएका छन्। 

हालान्डले शनिबार राति बराबरीमा सकिएको एभर्टनविरुद्धको खेलमा पनि एक गोल गरेका छन्। यससँगै उनले यो सिजन लिगमा गोलसंख्या २१ पुर्‍याएका छन्। सबैभन्दा धेरै गोल गर्ने सूचीको दोस्रो स्थानमा रहेका ह्यारी केनले १३ गोल गरेका छन्। 

प्रिमियर लिगमा सबैभन्दा छिटो २० गोल हानेका ८ खेलाडीको चर्चा गरिएको छ : 

१. एर्लिङ हालान्ड– १४ खेल 


शनिबार भएको खेलमा एभर्टनसँग १–१ को बराबरीमा रोकिँदा म्यानचेस्टर सिटीले यो सिजनमा १६ खेलबाट ४४ गोल गरेको छ।

जसमध्ये २१ गोल हालान्डले गरेका छन्। उनले यो सिजनको एक खेल खेलेका थिएनन्। नर्वेका यी खेलाडीले यसअघिको सिजनमा जस्तै उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। 

२. केभिन फिलिप्स– २१ खेल 
प्रिमियर लिगको १९९९/२००० को सिजनमा इंग्ल्याण्डका केभिन फिलिप्सले २१ खेलमा २० गोल गरेका थिए।

समग्र सिजनमा उनले ३० गोल गर्दै गोल्डेन बुट जितेका थिए। हालान्डले उछिन्नुभन्दा पहिला उनी प्रिमियर लिगमा सबैभन्दा छिटो २० गोल गर्ने खेलाडी थिए।

३. एन्डी कोले– २३ खेल 
तेस्रो स्थानमा इंग्ल्याण्डकै एन्डी कोले छन्। उनी प्रिमियर लिगमा अहिलेसम्मकै सबैभन्दा धेरै गोल गर्ने चौथो स्थानमा पनि छन्।

उनले प्रिमियर लिगमा २० गोल पुर्‍याउन २३ खेल लगाएका थिए। उनले प्रिमियर लिगको पहिलो सिजनमै उक्त कीर्तिामान राखेका थए। सन् १९९३/९४ को उक्त सिजनमा न्युकास्टल युनाइटेडबाट खेलेका उनले ४० खेलमा ३४ गोल गरेका थिए। 

४. रुड भान निस्टलरुय– २६ खेल 
सन् २००१/०२ को सिजनमा पीएसभी एनडोभेनबाट युनाइटेड आएका निस्टलरुयले २६ खेलमा २० गोलको कोशेढुङ्गा पार गरेका थिए।  नेदरल्याण्ड्सका खेलाडी उनी म्यानचेस्टर युनाइटेडमा रहँदा टोलीका मुख्य खेलाडी थिए। उनी सन् २००६ मा रियल मड्रिड गएका थिए। 

५. डिएगो कोस्टा– २६ खेल 
सन् २०१४ मा चेल्सी आएका स्पेनका कोस्टाले त्यही वर्ष प्रिमियर लिगमा शानदार प्रदर्शन गरेका थिए। उनले २६ खेलमा २० गोल गर्दै टोलीलाई सन् २०१४/१५ को सिजनमा लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए। 

डिएगो कोस्टा

६. टोनी येबोए– २६ खेल 
प्रिमियर लिगको २६ खेलमै २० गोल पुर्‍याउने अर्का खेलाडी टोनी येबोए हुन्। उनी सन् १९९५ को जनवरीमा लिड्स युनाइटेडमा आबद्ध भएका थिए।

घानाका यी खेलाडीले टोलीमा आएसँगै शानदार प्रदर्शन गरेका थिए। अहिले पनि उनलाई टोलीको लिजेन्ड मानिन्छ। उनी एन्ट्राच फ्रान्कफर्टबाट ३४ लाख पाउण्डमा लिड्स युनाइटेडमा आएका थिए। 

७. फर्नान्डो टोरेस– २७ खेल 
स्पेनका फर्नान्डो टोरेस सन् २००७ मा लिभरपुलमा आबद्ध भएका थिए। एथ्लेटिको मड्रिडबाट आएका उनी टोलीको महत्वपूर्ण खेलाडी बनेका थिए।

फर्नान्डो टोरेस

उनले २७ खेलमा २० गोलको कोशेढुङ्गा पूरा गरेका गरेका थिए। यद्यपि चेल्सीमा आवद्ध भएपछि उनले त्यस्तै प्रदर्शन गर्न सकेनन्। 

८. एलान शेयरर– २९ खेल 
प्रिमियर लिगमा अहिलेसम्मकै धेरै गोल गरेका शेयररलाई प्रिमियर लिगमा २० गोल पुर्‍याउन २९ खेल खेल्नु परेको थियो।

इंग्ल्याण्डका यी खेलाडीले ब्ल्याकबर्न रोभर्सबाट उक्त कोशेढुङ्गा पार गरेका थिए। उनले दुई सिजनमा टोलीलाई लिगको उपाधि जिताएका थिए। 

९. सर्जिओ एग्युरो– ३० खेल 


प्रिमियर लिगका अर्का लेजेन्ड सर्जिओ एग्युरोले ३० खेलमा प्रिमियर लिगमा २० गोल पुर्‍याएका थिए। एथलेटिको मड्रिडबाट सन् २०११ मा म्यानचेस्टर सिटीमा आएका थिए। उनले सिटीलाई प्रिमियर लिगको पावरहाउस बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .