ad ad

खेल


के साँच्चै मेस्सीलाई फर्काउन चाहन्छ बार्सिलोना?

के साँच्चै मेस्सीलाई फर्काउन चाहन्छ बार्सिलोना?

नेपालखबर
पुस १०, २०७९ आइतबार ७:५२, काठमाडौँ

गत साता बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले अर्जेन्टिनाका फुटबल स्टार लियोनेल मेस्सी आफ्नो क्लबमा फर्किए आफूले स्वागत गर्ने अभिव्यक्ति दिए।

स्पेनिस क्लबमा २१ वर्ष व्यावसायिक फुटबल खेलेका मेस्सी बार्सिलोनाबाट पीएसजी गएका थिए। आगामी जुन महिनाबाट उनको पीएसजीसँगको सम्झौता सकिन गइरहेको समयमा बार्सिलोनाका अध्यक्षले यस्तो अभिव्यक्ति दिएका हुन्।

यद्यपि बीबीसीले भने बार्सिलोनाले मेस्सीलाई फर्काउन प्रस्तावसम्म पनि नगरेको दाबी गरेको छ। बीबीसीका खेल पत्रकार गुइलेम बलागले बार्सिलोनाले मेस्सी र उनका एजेन्टसमेत रहेका बाबुसँग यस विषयमा कुनै पनि चरणमा कुराकानी नगरेको बताएएका हुन्। 

बलागले मेस्सीले थप एक वर्ष पीएसजीमै रहनेमा सैद्धान्तिक सहमत दिइसकेका छन्। कतारको दोहामा पीएसजीका अध्यक्ष नासेर अल खेलाइफीसँगको वार्तापछि मेस्सीले सैद्धान्तिकरुपमा सम्झौता नवीकरणको लागि सहमति दिएको उनको भनाइ छ। 

‘बार्सिलोनाले उनलाई वा उनका बाबुलाई फर्काउन कुनै पनि प्रस्ताव नै गरेको थिएन। त्यसैले मेस्सी बार्सिलोना फर्किन चाहँदैनन् भन्ने सत्य होइन। उनलाई सोधिएको नै थिएन’, उनले भने। 

फिफा विश्वकपको उपाधि आफ्नो टोलीलाई जिताएका मेस्सी अहिले बिदामा छन्। उनी पेरिस फर्किएपछि सम्झौतासम्बन्धी काम तीव्र गतिमा अघि बढ्नेछ। पेरिसमा पछिल्लो समय मेस्सीको जीवनशैली सन्तुलित देखिएको र च्याम्पियन्स लिगको उपाधि पीएसजीलाई जिताउँदै एकपटक पुनः बालेन डे’ओरको उपाधिको बलियो उम्मेदवार बन्ने लक्ष्यमा मेस्सी रहेको बीबीसीले उल्लेख गरेको छ। 

मेस्सीले सन् २०२१ मा बार्सिलोना छाड्दा पीएसजीसँग दुई वर्षको सम्झौता गरेका थिए। उनले तेस्रो वर्षको पनि विकल्प दिएका थिए। अहिलेसम्म मेस्सीले लिग वानको लिगका ५३ खेलमा २३ गोल गरेका थिए।

हालै मात्र विश्वकपको उपाधि जितेका मेस्सीले कोपा अमेरिकाको उपाधि पनि अर्जेन्टिनालाई जिताइसकेका छन्। त्यस्तै उनले चारपटक च्याम्पियन्स लिगको उपाधि जितेका छन् भने १० पटक ला लिगाको उपाधि बार्सिलोनालाई जिताएका छन्।

उनले पीएसजीलाई पनि लिग वानको उपाधि दिलाइसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .