ad ad

खेल


उपाधि जितेको ३ वर्षमा पनि मनाङले पाएन पुरस्कार, धरानलाई कारबाही गर्न माग

उपाधि जितेको ३ वर्षमा पनि मनाङले पाएन पुरस्कार, धरानलाई कारबाही गर्न माग

फाइल तस्बिर


नेपालखबर
पुस ९, २०७९ शनिबार १२:५२, काठमाडौँ

मनाङ मर्स्याङ्दी क्लब (काठमाडौँ) ले २२औं आहा रारा पोखरा गोल्डकप २०२३ मा धरान फुटबल क्लबलाई सहभागी हुनबाट रोक्न अखिल नेपाल फुटबल संघ (एन्फा) सँग अनुरोध गरेको छ। 

सहारा क्लब पोखराले यही पुस १४ देखि २३ सम्म २२औं आहा रारा पोखरा गोल्डकप प्रतियोगिता आयोजना गर्दै छ भने त्यसमा धरान फुटबल क्लब पनि सहभागी हुँदै छ। 

तर आफूले झन्डै ३ वर्षअघि जितेको २२औं बुढासुब्बा टुबोर्ग गोल्डकपको उपाधि रकम ७ लाख रुपैयाँ आयोजक धरान फुटबल क्लबले अहिलेसम्म नदिएकाले उसलाई प्रतियोगितामा सहभागी हुन नदिन मनाङ मर्स्याङ्दी क्लबले एन्फालाई पत्र पठाई आग्रह गरेको हो। 

‘धरान फुटबल क्लबद्वारा मिति २०७६।११।१० देखि २०७६।११।१७ गते सम्म आयोजित २२औं बुढासुब्बा टुबोर्ग गोल्डकपअन्तर्गत यस मनाङ मर्स्याङदी क्लब, काठमाडौंद्वारा २२औं संस्करणको विजेता भएको तर आजको मितिसम्म पनि उपाधि रकम रु. ७,००,००० (अक्षरुपी रु. सात लाख मात्र) प्राप्त नभएको जानकारी गराउँदै सहारा क्लब पोखराद्वारा २०७९।९।१४ देखि २०७९ । ९ । २३ सम्म आयोजना हुने २२औं आहा रारा पोखरा गोल्डकप २०२३ मा धरान फुटबल क्लब सहभागी हुने भएको हुँदा अखिल नेपाल फुटबल संघद्वारा मान्यता प्राप्त फुटबल प्रतियोगितामा पुरस्कार रकम वितरण नभई सहभागी हुन नपाउने व्यवस्था मिलाई सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछु’, मनाङ मर्स्याङ्दी क्लबको पत्रमा भनिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .