अखिल नेपाल फुटबल संघ एन्फाले मोफसलमा हुने प्रतियोगिताको क्यालेन्डर सार्वजनिक गरेको छ। एन्फाले आगामी फागुन १ देखि वैशाख ६ गतेसम्म मोफसलमा हुने विभिन्न प्रतियोगिताको मिति मगंलबार सार्वजनिक गरेको हो।
एन्फाले सार्वजनिक गरेको क्यालेन्डरअनुसार कतिपय प्रतियोगिताको समय एकैपटक रहेको छ। आगामी फागुन १ देखि १० गतेसम्म पोखरामा मनकामना गोल्डकप, झापामा सताक्षी गोल्डकप र मकवानपुरमा बागमती गोल्डकप हुँदै छ।
फागुन ५ देखि १५ सम्म चितवनमा राइनो गोल्डकप, फागुन ८ देखि १७ गतेसम्म बुटवलमा तिलोत्तमा र धरानमा बुढासुब्बा गोल्डकप हुनेछ। फागुन ११ देखि २२ सम्म खप्तड गोल्कप हुनेछ। फागुन २२ देखि चैत १ सम्म पोखरामा आहा रारा गोल्डकप, सर्लाहीम राजर्षी जनक र विरगंजमा विशाल मेमोरियल गोल्डकप आयोजना गरिनेछ।
फागुन २४ देखि चैत ३ सम्म नेपालगञ्जमा नेपालगञ्ज गोल्डकप र चितवनमा भरतपुर गोल्डकप हुनेछ। फागुन अन्तिम साता अर्थात फागुन २९ देखि चैत ८ सम्म मकवानपुरमा मकवानपुर गोल्डकप, सुनसरीमा दुहबी गोल्डकप र धनगढीमा तेस्रो सुदुरपश्चिम गौरी गंगा गोल्डकप तथा चैत ६ देखि १५ सम्म सिमरा गोल्डकप र सुनसरीमा मदनभण्डारी गोल्डकप आयोजना हुनेछ।
चैत १३ देखि २२ सम्म सिन्धुपाल्चोकमा सिन्धु गोल्डकप, काभ्रेमा काभ्रे गोल्डकप र सुनसरीमा भरत गोल्डकप हुनेछ। चैत २० देखि २९ सम्म काठमाडौमा एन्फा नकआउट टुर्नामेन्ट र चैत्र २७ देखि वैशाख ६ गतेसम्म झापामा मेचीनगर गनेल्डकप हुने एन्फाले जनाएको छ।
एन्फाको क्यालेन्डर अनुसार मेचीनगर, एन्फा नकआउट टुर्नामेन्ट, खप्तड गोल्डकप र राईनो गोल्डकपबाहेक अन्य प्रतियोगिताको मिति जुधेको छ।
एन्फाले प्रतियोगिताको मिति दिँदा किन ख्याल गरेन त भनेर एन्फा प्रवक्ता किरण राईलाई सोध्दा उनले भने, ‘आयोजकको माग अनुसार नै हामीले मिति दिएका हौँ। अब क्लवले सबै प्रतियोगितामा सहभागी हुनु भएन र धेरै खेलाडी राख्नुपर्यो।’
यस्ताे छ तालिका

प्रतिक्रिया