खेल


क्वार्टरफाइनलको पहिलो हाफमा क्रोएसिया र ब्राजिलले बराबरी खेले

क्वार्टरफाइनलको पहिलो हाफमा क्रोएसिया र ब्राजिलले बराबरी खेले

नेपालखबर
मंसिर २३, २०७९ शुक्रबार २१:३४, काठमाडौँ

कतार विश्वकपको पहिलो क्वार्टरफाइनल खेलमा क्रोएसिया र ब्राजिलले बराबरी खेलेका छन्।

दोहास्थित एजुकेशन सिटी स्टेडियममा खेलको पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी गरेका हुन्। 

पहिलो हाफमा ५५ प्रतिशत बल पोजेशन बनाएको ब्राजिललाई साविक उपविजेता क्रोएशियाको रक्षापंक्ती तोड्न मुस्कील पर्यो। 

खेलको पाँचौ मिनेटमा ब्राजिलका भिनिसियस जुनियरको प्रहार क्रोएशियाका गोलरक्षक डोमिनिक लिभाकोभिचले बचाए। १३ औँ मिनेटमा इभान पेरिसिचको प्रहार गोलरक्षक एलिसनले रोक्दा ब्राजिलविरुद्ध अग्रता लिने सुन्दर मौका गुमायो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .