ad ad

राजनीति


बाराको बिश्रामपुर गाउँपालिकाका अध्यक्ष पक्राउ, २९ दिनका लागि जेल जाँदै

बाराको बिश्रामपुर गाउँपालिकाका अध्यक्ष पक्राउ, २९ दिनका लागि जेल जाँदै

नेपालखबर
पुस ६, २०७६ आइतबार ८:३१,

प्रहरीले बाराको विश्रामपुर गाउँपालिकाका अध्यक्षलाई पक्राउ गरेको छ।

सवारी ज्यान मुद्दामा फरार अभियुक्तका रुपमा रहेका  गाउँपालिका अध्यक्ष अमिरीलाल राउत भेडिहरलाई आइतबार प्रहरीले  पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक विकासराज खनालले अध्यक्ष भेडिहरलाई पक्राउ गरेको पुष्टि गरे। उनले पक्राउ परेका भेडिहरलाई अदालतमा हाजिरी गराई अदालतको आदेशअनुसार कैद सुजाय भुक्तानको लागि आजै साँझ कारागार पठाइने जानकारी दिए।

अध्यक्ष भेडिहरले चलाएको मोटरसाइकलले ठक्कर दिँदा २०६१ सालमा एक वृद्धाको मृत्यु भएको थियो।

सो घटनामा बारा जिल्ला अदालतले २०६३ भदौ २९ गते भेडिहरलाई दोषी ठहर गर्दै उनलाई २९ दिन कैद र २ हजार जरिवाना सजाय सुनाएको थियो।

फैसला भएको १३ वर्षपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। फरार अभियुक्तको सूचीमा अध्यक्ष रहेको देखिएपछि उनलाई पक्राउ गरेको प्रहरी उपरीक्षक खनालले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .