ad ad

कारोबार


कुमारी बैंकका सेयरधनीलाई साढे १२ प्रतिशत नगद बाँड्ने प्रस्ताव पारित

कुमारी बैंकका सेयरधनीलाई साढे १२ प्रतिशत नगद बाँड्ने प्रस्ताव पारित

नेपालखबर
कात्तिक २१, २०७९ सोमबार १८:११, काठमाडौँ

कुमारी बैंक लिमिटेडले बाईसौँ वार्षिक साधारणसभा गरेको छ। 

सोमबार नक्साल कार्यालय काठमाडौंमा सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप ज.ब. राणाको अध्यक्षतामा साधारणसभा गरेको हो। 

सो सभाबाट सामान्य प्रस्तावको रुपमा पेश गरिएको आ.व. २०७८÷७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन सहित आ.ब. २०७८÷७९ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण र आ.व.२०७९÷८० को लागि बाह्य लेखा परीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित भएको छ। 

त्यस्तै कुमारी बैंकका सेयरधनीहरुलाई कर प्रयोजनसहित चुक्ता पुँजीको १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरियो । 

कुमारी बैंकका २३३ सेवा केन्द्रहरु (१९९ शाखा र ३४ एक्सटेन्सन काउण्टर) तथा १९५ वटा एटीएमहरुमार्फत ग्राहकहरुलाई सेवा दिँदै आएको छ। 

बैंकको आ.व.२०७८÷७९ मा चुक्ता पुँजी १४ अर्ब ७१ करोडभन्दा बढी छ भने आ.व.२०७९÷८० को प्रथम त्रैमाससम्म निक्षेप १ खर्ब ७३ अर्ब र कर्जा, सापटी तथा अधिविकर्ष १ खर्ब ६१ अर्ब तथा नाफा १ अर्ब १४ लाख रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .