ad ad

खेल


पीएसजीले अन्तिम १६ मै पाउन सक्छ कठिन प्रतिद्वन्द्वी

पीएसजीले अन्तिम १६ मै पाउन सक्छ कठिन प्रतिद्वन्द्वी

नेपालखबर
कात्तिक १७, २०७९ बिहिबार १२:१२, काठमाडौँ

यूईएफए च्याम्पियन्स लिगअन्तर्गत समूह चरणका खेल सकिएका छन्। ८ समूहका शीर्ष २ मा रहने टोलीले अघिल्लो चरणमा स्थान बनाउँदा तेस्रो स्थानमा रहने ८ टोलीले युरोपा लिगको समूह चरणका लागि स्थान बनाएका छन्। 

समूह ए बाट नेपोली र लिभरपुल, समूह बी बाट पोर्टो र क्लब ब्रुग, सी बाट बार्यन र इन्टर मिलान तथा समूह डी बाट टोटनहम र इन्ट्राच फ्रान्कफर्टले अन्तिम १६ मा स्थान बनाएका छन्। 

समूह ई बाट चेल्सी र एसी मिलानले स्थान बनाउँदा समूह एफबाट रियल मड्रिड र आर बी लिपजिग समूह जी बाट म्यानचेस्टर सिटी र डर्टमुन र समूह एचबाट बेन्फिका र पीएसजीले प्रि–क्वार्टफाइनलमा स्थान बनाएका छन्। 

प्रि–क्वार्टरफाइनलका लागि आगामी सोमबार स्वीटजरल्याण्डमा खेल तालिका सार्वजनिक हुनेछ। अन्तिम १६ को पहिलो लेगको खेल फेब्रअरीको १४,१५,२१ र २२ तारिखमा हुनेछ। दोस्रो लेग भने मार्च ७,८, १४ र १५ तारिखमा हुनेछ। 

क्वार्टरफाइन र सेमिफाइनलको ड्र मार्च १७ मा हुनेछ। क्वार्टरफाइनलका खेल अप्रिल ११,१२, १८ र १९ मा हुनेछ। सेमिफाइनलका खेल मे ९,१० र १६,१७ मा हुनेछ। फाइनल भिडन्त जुन १० मा इस्तानबुल एटाटुक ओलम्पिक स्टेडियममा हुनेछ। 

समूह चरणका खेल सकिदा पीएसजीले प्रि–क्वार्टरफाइनलमा बलियो प्रतिद्वन्द्वी पाउने पक्का भएको छ। पीएसजीले समूह एच को उपविजेता बन्दै अन्तिम १६ मा स्थान बनाएपछि अर्को समूहको विजेता टोलीसँग खेल्नुपर्नेछ। पीएसजीले समूह एच को विजेता बेन्फिका बाहेक अन्य ७ समूहको शीर्ष स्थानमा रहने टोली प्रतिस्पर्धी पाउनेछ।  

पीएसजीले नापोली, पोर्टो, बार्यन, टोटनह्याम, चेल्सी, रियल र सिटी मध्ये १ टोलीसँग अन्तिम १६ मा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ। यी मध्येपनि ३ टोलीलाई कठिन मानिएको छ। सिटी, बार्यन र रियल पीएसजीका लागि कठिन प्रतिद्वन्द्वी हुन्। पीएसजी गत सिजन रियल मड्रिडसँग पराजित हुँदै बाहिरिएको थियो। 

समूह चरणमा अपराजित रहेपनि बेन्फिकासँग दुवै खेल बराबरी खेल्दा पीएसजी समूह उपविजेतामा सिमित हुन पुगेको हो। बेन्फिकाले समूह चरणको अन्तिम खेलमा हाइफालाई ६–१ को फरािकलो अन्तरले हराउँदा पीएसजीसँग गोल अन्तर पनि बराबर भएपछि शीर्ष स्थानमा रहन सफल भयो।

पीएसजी र बेन्फिकाले दुवै खेल १–१ को बराबरी खेलेका थिए। च्याम्पियन्स लिगकै लागि खेलाडीमाथि ठूलो लगानी गरेको पीएसजीले समूह चरणमा भने त्यो अनुसारको नतिजा निकाल्न सकेन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .