खेल


अंकित सुवेदीको विष्फोटक ब्याटिङमा बागमतीलाई प्रदेश १ को विशाल लक्ष्य

अंकित सुवेदीको विष्फोटक ब्याटिङमा बागमतीलाई प्रदेश १ को विशाल लक्ष्य

नेपालखबर
कात्तिक १५, २०७९ मंगलबार १२:४७, काठमाडौँ

अंकित सुवेदीको विष्फोटक ब्याटिङमा प्रदेश १ ले बागमती प्रदेशसामु ३०५ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। 

कीर्तिपुरमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा टस जितेर ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित ५० ओभरको खेलमा ४९ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर ३०४ रनको योगफल तयार पारेको हो। 

जारी प्रतियोगितामा शतक प्रहार गर्ने अंकित दोस्रो खेलाडी हुन्। अंकित ११० रन बनाउँदा क्याच आउट भए। उनले १३४ बलमा १२ चौका र १ छक्का हाने। 

अंकितले १२२ बलमा ११ चौका र १ छक्का प्रहार गर्दै शतक पूरा गरेका थिए। यसअघि नेपाल पुलिस क्लबका कप्तान दिपेन्द्र सिंह ऐरिले १०८ रन बनाएका थिए। अंकित जारी प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडी हुन्। 

छैटौँ विकेटका लागि अंकित र कप्तान सिद्धान्त लाहेनीले १०२ रनको उत्कृष्ट साझेदारी गरे। कप्तान सिद्धान्त ७२ रनमा पवेलियन फर्के। उनले ४० बलमा ३ चौका र ८ छक्का प्रहार गरे। 

चौथो विकेटका लागि अंकित र विवेक आनन्द मेहताले ७६ रनको साझेदारी गरे। विवेकले ३० तथा सोनु अन्सारीले १९ रन थपे। ओपनर निरज मुखिया १० रनमा पवेलियन फर्के। 

बागमती प्रदेशका रामनरेश गिरीले ५ विकेट झारे। सूर्य तामाङ, प्रतिश जिसी, इसान पाण्डे र नन्दन यादवले समान १ विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad