खेल


मक्काबी हाइफाको पोस्टमा पीएसजीको ७ गोल, मेस्सीको अर्को कीर्तिमान

मक्काबी हाइफाको पोस्टमा पीएसजीको ७ गोल, मेस्सीको अर्को कीर्तिमान

नेपालखबर
कात्तिक ९, २०७९ बुधबार ८:१०, काठमाडौँ

गएराति भएको च्याम्पियन्स लिग समूह चरणको खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फराकिलो जित निकालेको छ।

मक्काबी हाइफाविरुद्ध ७-२ गोलको फराकिलो जितसहित पीएसजी गोलच्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा पुगेको छ।

पीएसजीलाई फराकिलो जित दिलाउने क्रममा चर्चित स्ट्राइकरद्वय लिओनेल मेस्सी र किलियन एमबाप्पेले व्यक्तिगत २/२ गोल गर्न सफल भए।

समूह 'एच'मा रहेको पीएसजीका लागि खेलको पहिलो गोल पनि १९ औँ मिनेटमा मेस्सीले नै गर्न सफल भए।

त्यसपछि खेलको ३२ औँ मिनेटमा एमबाप्पेले गोल गरेपछि पीएसजी २-० ले अघि बढ्यो।

यो खेलमा अर्का चर्चित स्ट्राइकर नेइमार पनि गोल गर्न सफल भए। उनले खेलको ३५ औँ मिनेटमा गोल गरेपछि पीएसजीक अग्रता झन् फराकिलो भयो।

तर तीन गोलले पछि परेको अवस्थामा हाइफाले खेलमा फर्किने प्रयास गर्यो। उसका लागि खेलको ३८ औँ मिनेटमा अब्दुलाए सिकले गोल गरेपछि खेल ३-१ मा आयो।

तर पहिलो हाफको ४४ औँ मिनेटमा मेस्सीले अर्को गोल थपेपछि पीएसजी ४-१ लेख अघि बढ्यो।

हाइफाले दोस्रो हाफमा पनि खेलमा पुनरागमन कोसिस गर्यो। उसका लागि खेलको ५० औँ मिनेटमा अब्दुलाएले अर्को गोल गरेपछि अग्रता ४-२ मा झर्यो।

तर पीएसजीले आक्रमण छाडेन। उसका लागि खेलको ६४ औँ मिनेटमा एमबाप्पेले गोल थपेपछि अग्रता ५-२ मा पुग्यो।

पीएसजीका लागि हाइफाले एक गोल आत्घाती उपहार दियो। खेलको ६७ औँ मिनेटमा सिङ्ग गोल्डबर्गको आत्मघाती गोलमा पीएसजी ६-२ को अवस्थामा पुग्यो। 

पीएसजीका लागि खेलको ८४ औँ मिनेटमा कार्लोस सोलेरले गोल गरेपछि अग्रता फराकिलो भएर ७-२ मा पुग्यो। 

फराकिलो जितपछि पीएसजी ५ खेलबाट ११ अंकसहित समूहको शीर्ष स्थानमा छ। पराजित हाइफा केवल ३ अंकसहित तालिकाको अन्तिममा छ।

समूह 'एच'बाट पीएसजीसँगै बेन्फिकाले पनि अन्तिम १६ को यात्रा गरेको छ। उसले पनि पीएसजीले झैँ ५ खेलबाट ११ अंक बनाउँदै गोलअन्तरमा दोस्रो स्थानमा रहेको छ।

मेस्सीको रेकर्ड
हाइफाविरुद्ध गरेको २ गोलसँगै मेस्सी युरोपका शीर्ष ५ लिगमा दोहोरो स्कोर गर्ने खेलाडी भएका छन्। 

यो सिजन मेस्सीले पीएसजीका लागि सबै प्रतियोगितामा ११ गोल गरिसकेका छन् भने गोलका लागि १२ अवसर निकालिसकेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad