आईसीसी टी२० विश्वकप क्रिकेटअन्तर्गत सोमबार भएको खेलमा स्कटल्याण्डले वेस्ट इन्डिजमाथि ४२ रनको जित हात पारेको छ।
स्कटल्याण्डले दिएको १६१ रनका लक्ष्य पछ्याएको दुईपटकको टी२० विश्वकप विजेता टोली १८ ओभर ३ बलमा सबै विकेट गुमाएर ११८ रनमा समेटिएको हो।
वेस्ट इन्डिजका लागि जोसन होल्डरले ३८ रनको पाली खेले। वेस्टइन्डिजलाई सस्तैमा समेट्ने क्रममा स्कटल्याण्डका मार्क वाटले ३ तथा ब्राड ह्वील र मिचेल लियस्कले २/२ विकेट लिए।
यसअघि ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६० रन बनाएको थियो। स्कटल्याण्डका लागि जर्ज मुन्सीले सर्वाधिक ६६ रन बनाएका थिए।
यससँगै पहिलो राउण्डको समूह बीमा रहेको स्कटल्याण्डले महत्वपूर्ण २ अंक हात पारेको छ।
78
Shares
प्रतिक्रिया