इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा टोटनह्यामले एभर्टनमाथि २–० गोल अन्तरको जित हात पारेको छ।
शनिबारको खेलमा टोटनह्यामलाई जित दिलाउने क्रममा खेलको ५९ औं मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गरेका थिए।
त्यस्तै खेलको ८६ औं मिनेटमा पिएरे एमाइल होजबर्गले गोल गर्दै टोटनह्यामको अग्रता दोब्बर पारेका थिए। खेलमा थप गोल हुन नसकेपछि टोटनह्यामले ३ अंक हात पारेको छ।
यससँगै लिगको तेस्रो स्थानमा रहेको टोटनह्यामले १० खेलबाट २३ अंक हात पारेको छ। लिगको शीर्षस्थानमा रहेको आर्सनलले ९ खेलबाट २४ अंक जोडेको छ।
42
Shares
प्रतिक्रिया