ad ad

खेल


एन्फा केन्द्रीय सदस्यमा रुपेश र दिपेन्द्र निर्वाचित

एन्फा केन्द्रीय सदस्यमा रुपेश र दिपेन्द्र निर्वाचित

नेपालखबर
असोज १२, २०७९ बुधबार १३:१४, काठमाडौँ

अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारणसभाबाट सदस्यमा रुपेश अधिकारी  र दिपेन्द्र धिमाल निर्वाचित भएका छन्। 

काठमाडौंमा बुधबार भएको विशेष साधारण सभाले दुई सदस्य निर्वाचित गरेको हो। 

विजयी अधिकारीले ५४ र धिमालले ४७ मत प्राप्त गरे। पराजित लोकेन्द्र गुरुङले ४५ र दीपक थापाले ७ मत प्राप्त गरे।

धिमाल अध्यक्ष पंजकविक्रम नेम्वाङ र बाँकी तीन निर्वतमान अध्यक्ष कर्मा छिरिङ शेर्पाको समूहबाट निर्वाचन प्रतिस्पर्धा गरेका थिए। 

यसअघि गत असार ६ गते भएको केन्द्रिय सदस्यका ४ उम्मेदवारले समान ३९ मत प्राप्त गरेपछि विशेष साधारण सभाबाट टुंगाउने निर्णय भएको थियो। 

असार ६ गते २१ सदस्यीय कार्यसमितिको निर्वाचनबाट अध्यक्ष, पदाधिकारी, सदस्य गरि १९ जना निर्वाचित भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .