साबा महिला बास्केटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पराजित भएको छ।
आइतबार राति भएको खेलमा नेपाल आयोजक माल्दिभ्ससँग ५१–४७ ले पराजित भएको हो।
सन् २०१९ मा १३ औँ दक्षिण एशियाली खेलकुद (साग) मा रजत पदक जितेपछि नेपालले पहिलो प्रतियोगिता खेलेको हो।
नेपालले यसअघि माल्दिभ्सलाई ७७–३६ ले पराजित गरेको थियो।
नेपालले दोस्रो खेलमा श्रीलंकासँग असोज ११ गते र राउन्ड रोविनको अन्तिम खेलमा भुटानसँग असोज १२ गते खेल्ने तालिका छ। प्रतियोगितामा ४ देश सहभागी छन्।
असोज १०, २०७९, साेमबार
27
Shares
प्रतिक्रिया