ad ad

खेल


यी हुन् नेपाल टी–२० लिगमा सहभागी ६ टोलीका मार्की खेलाडी

यी हुन् नेपाल टी–२० लिगमा सहभागी ६ टोलीका मार्की खेलाडी

नेपालखबर
भदौ २५, २०७९ शनिबार १५:४२, काठमाडौँ

नेपाल टी–२० लिग सहभागी हुने ६ टोलीले मार्की खेलाडी घोषणा गरेका छन्। 

नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै ६ मार्की खेलाडी सार्वजनिक गरेको हो। यी ६ टोलीले ग्रेड ए का खेलाडीलाई मार्की बनाएका छन्। 

पोखरा एभेन्जरर्सको मार्की खेलाडीमा मोहरम्मद आरिफ शेख छन्। पोखराले ए ग्रेडकै अर्का खेलाडी शरद भेषावकरलाई पिनि लएको छ। 

लुम्बिनी अल स्टार्सले दीपेन्द्र सिंह ऐरी, काठमाडाँै कान्तिपुरले पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई मार्की खेलाडी घोषणा गरेका छन्। 

यस्तै फार वेस्ट युनाइटेडले तीव्र गतिका बलर तथा अलराउन्डर करण केसीलाई मार्की खेलाडी बनाएको छ। राष्ट्रिय टोलीका उपकप्तान तथा ब्याटर रोहित पौडेल विराटनगर सुपर किंग्सको मार्की खेलाडी बन्दा जनकपुर रोयल्स्ले तीव्र गतिका बलर सोमपाल कामीलाई मार्की खेलाडी बनाएको छ। 

ए क्याटोगोरीमा रहेका सबै खेलाडीले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ्न्। ए क्याटोगोरीमा बिक्री नभएका खेलाडी स्वतः बी क्याटोगोरीमा झरेका छन्।

लिगको ड्राफ्टमा ९२ खेलाडी छन्। नेपाल टी–२० लिगमा ६ फ्रेन्चाइज टोलीले स्पर्धा गर्नेछन्। नेपाल टी–२० लिग असोज ८ गतेदेखि त्रिवि क्रिकेट मैदान किर्तिपुरमा हुँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .