ad ad

खेल


साउथाम्टनसँग हार्‍यो चेल्सी

साउथाम्टनसँग हार्‍यो चेल्सी

नेपालखबर
भदौ १५, २०७९ बुधबार ६:२२, काठमाडौँ

इंग्लिस प्रिमियर लिगअन्तर्गत मंगलबार भएको खेलमा चेल्सी साउथाम्टनसँग २–१ गोल अन्तरले पराजित भएको छ।

मंगलबारको खेलको २३ औं मिनेटमा नै चेल्सीका लागि रहीम स्टर्लिङले गोल गर्दै अग्रता दिलाएका थिए।

तर, खेलको २८ औं मिनेटमा रोमेओ लाभिया र पहिलो हाफको इन्ज्युरी समयमा एडम आम्सटर्डमले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

दोस्रो हाफमा दुवै टोलीको तर्फबाट कुनै पनि गोल हुन सकेन र साउथाम्टनले यो सिजनको दोस्रो जित हात पार्‍यो।

यससँगै साउथाम्टनले ५ खेलबाट ७ अंक हात पारेको छ भने समान खेलबाट चेल्सीले पनि समान ७ अंक जोडेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .