ad ad

खेल


जनकपुरमा कुस्ती सम्पन्न, भारतले जित्यो १४ स्वर्ण, नेपाल एकमा सिमित

जनकपुरमा कुस्ती सम्पन्न, भारतले जित्यो १४ स्वर्ण, नेपाल एकमा सिमित

शैलेन्द्र महतो
मंसिर २३, २०७६ सोमबार १३:९,

जनकपुरमा २० वटा स्वर्णका लागि चार दिनसम्म चलेको कुस्ती प्रतियोगितामा भारतले सबैभन्दा बढी १४ स्वर्ण पदक जित्न सफल भयो। भारतबाट कुस्तीमा १४ स्पर्धामा सहभागी हुन आएका खेलाडीले १४ स्वर्ण नै जितेका हुन्।

यस्तै पाकिस्तान ३ र श्रीलंका २ र नेपालले एक स्वर्णमा सिमित बन्यो। शनिबार दोश्रो दिन भएको खेलमा ५५ किलो तौल समुहमा बंगलादेशकी सार्कर रिमीलाई पराजित गर्दै नेपालकी संगीता धामीले मात्र स्वर्ण पदक जित्न सफल भएकी थिइन्।

सोमवार महिलातर्फ ६८ केजी तौलको समूहमा भारतकी अनिता र पुरुष तर्फ ७४ केजी तौल समूहमा भएको खेलमा भारतकै गौरव बालियानले स्वर्ण पदक जितेका हुन्।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४ स्थित जिल्ला खेलकुद विकास समिति धनुषाको कवर्ड हलमा गत शुक्रबारदेखि साग अन्तर्गत कुस्ती खेल चलेको थियो।

खेलमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाली खेलाडीले सहभागिता जनाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .