ad ad

खेल


खेल क्षेत्रमा भाइरल बन्दै ‘नाइट–नाइट सेलिब्रेसन’, करीले सुरु गरेपछि लहरै चल्यो

खेल क्षेत्रमा भाइरल बन्दै ‘नाइट–नाइट सेलिब्रेसन’, करीले सुरु गरेपछि लहरै चल्यो

नेपालखबर
साउन २९, २०७९ आइतबार १७:४९, काठमाडौँ

ब्राजिली फरवार्ड नेयमार जुनियर स्टेफ करीको ‘नाइट–नाइट​ सेलिब्रेसन’ नक्कल गर्ने पछिल्लो चर्चित अनुहार बनेका छन्। 

नेयमारले फ्रेन्च लिग वानमा मोन्टपेलिएरविरुद्ध २ गोल गरेपछि गरेको सेलिब्रेसनले अहिले निकै चर्चा पाइरहेको छ। 

गएराति भएको खेलमा पीएसजीले मोन्टपेलिएरलाई ५–२ ले पराजित गर्दै शानदार जित दर्ता गर्दा नेयमारले दुई गोल गरेका थिए। 

लिगमा दोस्रो गोल गरेपछि नेयमारले गोल्डेन स्टेट वारियर्सका स्टार स्टिफन करीले २०२२ एनबीए फाइनलको दौडमा नाइट नाइट उत्सवको गरेको सेलिब्रेसनको संकेत गरे। 

यो सेलिब्रेसन खासगरी जोडिएका दुई हत्केलालाई शिरानी बनाएर टाउको राखी आँखा चिम्लेर सुतेजस्तो गरी मनाइएको छ।   

नेयमार जूनियर चार पटकको च्याम्पियनको अनुकरण गर्ने सबैभन्दा नयाँ विश्वस्तरीय खेलाडीको रूपमा देखिएका छन्। यी दुई दुई खेलाडीहरु एक अर्कामा भेट्दा सम्मान व्यक्त गर्दछन्। करीको अनुकरण विश्वस्तरीय धेरै खेलाडीहरुले गर्दै आएका छन्। त्यसमा नेयमार पनि एक हुन्। 

करीले २०२२ एनबीएको शीर्ष दौडमा रहँदा उनले नाइट नाइट उत्सवको साथमा सबै खेलहरुमा आन्दानेन सुरु गर्दै लोकप्रिय बनाएका थिए। 

करीले २०२२ एनबीएको प्लेअफमा वारियर्सले जितेको सबै खेलमा कम्तीम एक पटक नाइट नाइट उत्सब मनाएका थिए। डेन्भर नगेट्सविरुद्धको पहिलो राउण्डमा सुरु भएको डेगर प्रहार पछि उनले सुत्ने इसारा गर्थे। 

करीले अन्तिम पटक २०२२ एनबीए फाइनलमा बोस्टन सेल्टिक्सको विरूद्ध यो इसारा गरेका थिए। त्यसपछिका च्याम्पियनसिपमा उनले धेरै पटक पोज गर्ने गर्छन्। 

करीपछि यो सेलिब्रेसन महिला बास्केटबल खेलाडी सब्रिना लोनेस्कुले गरिन्। त्यसपछि थुप्रै खेलाडीहरुले यो सेलिब्रेसनको अनुकरण गर्न थालेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .