खेलको ११ औं मिनेटमा नेपालले बंगलादेशविरुद्ध सुरुवाती गोलको अग्रता लिएको हो।
कप्तान सुजल श्रेष्ठको पासमा सुनिल बलले आकर्षक गोल गरे।
हाल दशरथ रंगशालामा बंगलादेश र नेपालबीचको हेड टु हेड खेल भइरहेको छ।
आजको खेलमा नेपालले बराबरी खेले अथवा जिते फाइनलमा स्थान बनाउने छ। बंगलादेशले फाइनलमा प्रवेश गर्न नेपाललाई जित्नैपर्नेछ।
३ खेलबाट नेपालले ७ अंक पाएको छ भने बंगलादेशको समान खेलबाट ४ अंक छ।
बंगलादेशलाई पराजित गर्दै आज फाइनल पुगे नेपाल साग फुटबलमा छैटौं पटक फाइनलमा पुग्नेछ।
यसअघि नेपाल १९८४, १९८७, १९८३, १९९९ र २०१६ मा फाइनल पुगेको छ। त्यसमध्ये नेपालले १९८४, १९९३ र २०१६ मा उपाधि उचालेको छ।

प्रतिक्रिया