ad ad

खेल


सावित्रा भण्डारी भारतीय च्याम्पियन टोली गोकुलम केरला एफसीमा फेरि अनुबन्धित

सावित्रा भण्डारी भारतीय च्याम्पियन टोली गोकुलम केरला एफसीमा फेरि अनुबन्धित

नेपालखबर
साउन १, २०७९ आइतबार २१:३८, काठमाडौँ

नेपाली राष्टिय महिला फुटबल टोली तथा नेपाल एपीएफ क्बली फरवर्ड सावित्रा भण्डारी  (साम्बा) भारतीय महिला लिग च्याम्पियन टोली गोकुलम केरला एफसीमा अनुबन्ध भएकी छिन्। 

गोकुलमबाट यो पटक सावित्राले एफसी क्लब च्याम्पियनसिपको छनोट, स्टेट लिग र भारतीय लिग खेल्नेछिन्। सम्झौता रकम भने खुलाइएको छैन। 

गोकुलममा आवद्ध भएपछि साम्बा भन्छिन्, ‘चोटपछि पुनरागमन गरेको छु, तर अझै सोचे जस्तो गर्न सकेको छैन। गोकुलम पहिला च्याम्पियन टोली हो, यो पटक पनि फेरि सहभागी हुन पाउँदा खुसी लागेको छ। आफूले सकेको राम्रो गरेर क्लबलाई च्यम्पियन बनाउन सहयोग गर्नेछु।’ 

भारतमा प्रशिक्षण सहभागी हुन बोलाइसकेको तर अहिले नेपालमा नै प्रशिक्षणमा रहेकाले आफ्नो प्राथमिकता नेपाली टोली नै हुने उनले बताइन्। भारतमा छनोट खेले लगत्तै नेपालमा साफ च्याम्पियनसिप भएकोले त्यसमा पनि आफूलाई सहयोग पुग्ने उनको विश्वास छ। 

साविक विजेता गोकुलममा सावित्रा लगातार दोस्रो पटक अनुबन्ध भएकी हुन्। आई लिगको एक सिजन सेथु एफसी र गोकुलममा आवद्ध हुँदा सावित्राले दुवै क्लबलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्। 

सावित्रा कै उत्कृष्ट प्रर्दशनमा गोकुलमले पहिलो पटक आईलिगको उपाधि उचालेको थियो।

एक छनोटसहित लिग चरणका सबै खेलमा पहिलो रोजाइमा मैदान उत्रेकी सावित्राले ८ खेलमा १९ गोल गर्दै सर्वाधिक गोलकर्ता समेत बनेकी थिइन्।

सेथुलाई उपाधि दिलाउन सावित्राले १५ गोल गरेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .