खेल


अन्तिम समयमा गोल खाएपछि नेपालले श्रीलंकासँग बाँड्यो अंक (भिडियाे)


नेपालखबर
मंसिर १८ ,

अन्तिम समयमा सम्हालिन नसक्दा नेपालले श्रीलंकासँग अंक बाँडेको हो।

 निर्धारित ९० मिनेटको समय नेपालले १ गोलको अग्रता लिएको थियो। तर इन्जुरी समयमा श्रीलंकाले फ्रि किकमा गोल गर्दै खेलमा पुनरागमन गरेको हो।

बुधबार साँझ दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले श्रीलंकाविरुद्ध खेलको ३६ औं मिनेटमा सुरुवाती गोलको अग्रता लिएको थियो।

कप्तान सुजल श्रेष्ठले पेनाल्टीमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए।

श्रीलंकाली खेलाडीले डीबक्सभित्र अनन्त तामाङको टाउकोमा खुट्टाले हानेपछि फल भएको थियो। फलपछि नेपालले पेनाल्टी पाएको थियो।

त्यसपछि निर्धारित ९० मिनेटसम्म नेपालले नै अग्रता लिएको थियो। तर थप समयमा नेपाल सम्हालिन नसकेपछि श्रीलंकाले बराबरी गोल फर्काएको हो।

इन्जुरी समयमा श्रीलंकाका सेबामलाइनायकाम जुडे सुपानले गोल गर्दै टोलीलाई हारबाट जोगाएका हुन्।

यस खेलसँगै दुवै टोलीले एक–एक अंक बाँडेका छन्। नेपाल अंक तालिकामा ४ अंकसहित शीर्ष स्थानमै कायम छ भने श्रीलंकाले २ अंक जोडेको छ।

प्रतियोगितामा भुटानको २ खेलबाट ३ अंक छ। माल्दिभ्सको २ अंक छ भने बंगलादेशको मात्र १ अंक छ।

अंक तालिकाको शीर्ष स्थानमा रहने दुई टोलीले फाइनल खेल्नेछन्।

 

मंसिर १८, २०७६ बुधबार १२:२५

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad