ad ad

खेल


पहिलोपटक यू–१९ महिला विश्वकप टी–२० विश्वकपमा इन्डोनेसिया

पहिलोपटक यू–१९ महिला विश्वकप टी–२० विश्वकपमा इन्डोनेसिया

नेपालखबर
असार २२, २०७९ बुधबार १३:५९, काठमाडौँ

इन्डोनेसियाको महिला क्रिकेट टोलीले पहिलोपटक आईसीसी यू–१९ महिला विश्वकप टी–२० विश्वकप खेल्ने भएको छ। 

पपुवा न्युगिनीलाई २ रनले पराजित गर्दै अर्को वर्ष दक्षिण अफ्रिकामा हुने टी–२० विश्वकपमा स्थान बनाउन सफल भएको हो। 

इण्डोनेसियाले आईसीसीका कुनै पनि चरणको विश्वकप खेल्न लागेको यो नै पहिलोपटक हो। 

इन्डोनेसिया टोलीकी कप्तान वेसिकरत्न देवीले यो आफूहरुका लागि विश्वास नै गर्न नसकिने क्षण रहेको बताएकी छिन्। उनले भनिन्, ‘म धेरै खुसी छु र टोलीप्रति गर्व छ, हामीले विश्वकपमा छनोट भएर इन्डोनेसियालाई गर्व गर्न सक्ने बनाएका छौँ।’

इन्डोनेसियाली क्रिकेट संघ (पीसीआई)ले इन्डोनेसियाको खेल विकास गर्न भर्खरै ठूलो कदम चालेको छ। 

पीसीआईका कार्यवाहक अध्यक्ष अव्रिहम सिंह यादवले भने, ‘हामीले खेलकुदको विकासका लागि मिहिनेत गरिरहेका छौँ। यो सफलता भनेको इन्डोनेसियाको महिला खेलकुद विकासको लागि कोशेढुङ्गा साबित हुनेछ। हामीलाई दक्षिण अफ्रिकामा हाम्रो खेल शैली देखाउन प्रतीक्षा गर्न गाह्रो भइरहेको छ।’

आइसीसीका प्रतियोगिता निर्देशक रोव गोमले पूर्वी एशिया प्रशान्त क्षेत्रमा महिला क्रिकेटको रोमाञ्चक क्षणले बालीमा यो हप्ताको सानदार अन्त्य गरेको बताए।

उनले थपे, पपुवा न्युगिनीले अनुभव बटुल्दै खेलको विकास गर्ने विश्वास छ भने इन्डोनेसियालाई दक्षिण अफ्रिकामा हुने विश्वकपका लागि शुभकामना दिन चाहन्छु।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .