ad ad

खेल


वर्षाका कारण नेपाल र क्यानडाबीचको खेल रद्द

वर्षाका कारण नेपाल र क्यानडाबीचको खेल रद्द

नेपालखबर
असार २२, २०७९ बुधबार ११:२४, काठमाडौँ

नेपाल र क्यानडाबीच मंगलबार तय भएको पहिलो एकदिवसीय खेल वर्षाका कारण रद्द भएको छ । 

क्यानडाको किंग सिटीस्थित मेपल लिफ क्रिकेट मैदानमा लगातार वर्षा भएपछि खेल सुरु नै हुन पाएन।  नेपालले क्यानडासँग दुई एकदिवसीय खेलको श्रृंखला खेल्ने तालिका थियो ।

जसअन्तर्गतको पहिलो खेल रद्द भएको हो । दोस्रो खेल आज हुनेछ ।

आईसिसी विश्वकप क्रिकेट लिग–२ को तयारीमा रहेको नेपाल क्यानडाबाटै स्कटल्याण्ड त्रिकोणात्मक श्रृंखला खेल्न जाने तालिका छ । श्रृंखलामा नेपाल, आयोजक स्कटल्याण्ड र नामिबियाले प्रतिष्पर्धा गर्दै छन् ।

एकदिवसीय श्रृंखलाअघि नेपालले क्यानडाको स्थानीय क्लवसँग एक एकदिवसीय र एक ट्वान्टी–२० अभ्यास खेल खेलेको थियो । जसमा नेपालले एकदिवसीय खेलमो स्थानीय ओन्टारियो क्लबलाई ६९ रनले र ट्वान्टी–२० खेलमा ५५ रनको सुखद् नतिजा निकालेको थियो ।

विश्वकप क्रिकेट लिग –२ अन्तर्गतको त्रिकोणात्मक श्रृंखलामा नेपालले स्कटल्याण्ड र नामिबियासँग समान दुई खेल खेल्नेछ । स्कटल्याण्डमा हुने श्रृंखलाको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध खेल्नेछ ।

नेपाल र नामिबियाबीचको खेल जुलाई ११ मा हुनेछ । यस्तै नेपालले दोस्रो खेल स्कटल्याण्डविरुद्ध जुलाई १३ मा खेल्नेछ ।

नेपालले तेस्रो खेलमा नामिबियाबिरुद्ध जुलाई १६ र अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध जुलाई १७ मा खेल्नेछ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .