ad ad

खेल


पीएसजीले बर्खास्त गर्यो प्रशिक्षक पोचेट्टिनोलाई

पीएसजीले बर्खास्त गर्यो प्रशिक्षक पोचेट्टिनोलाई

नेपालखबर
असार २१, २०७९ मंगलबार १६:४७, काठमाडौँ

फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेनले अर्जेन्टाइन प्रशिक्षक माउरिसिओ पोचेटिनोलाई बर्खास्त गरेको छ। 

पीएसजीले उनलाई कमान सम्हालेको १८ महिनामै क्लबबाहिरको ढोका देखाइदिएको हो। 

चर्चित फ्रान्सेली स्ट्राइकर किलियन एम्बाप्पेलाई क्लबमै राख्न सफल भएपछि पीएसजीले पोचेटिनोलाई बर्खास्त गर्ने तयारी गरेको थियो। 

बितेको सिजन लिग वनको उपाधि जिताउन सफल भए पनि पोचेटिनोले पहिलो च्याम्पियन्स लिग उपाधि जिताउन असफल रहेका थिए।

च्याम्पियन्स लिग जित्नका लागि पीएसजीले हरसम्भव कोसिस गरिरहेको छ। उसँग अहिले विश्वचर्चित लियोनेल मेस्सी, नेइमार र एम्बाप्पेसहितको डरलाग्दो आक्रमण पंक्ति छ।

तर पोचेटिनोको खेल रणनीतिमा खेलाडीहरुले नै प्रश्न उठाउँदै आएका थिए। स्ट्राइकर एम्बाप्पेले रियल मड्रिड नजाने निर्णय गरेसँगै क्लबले आफ्नो नेतृत्वक पुनर्संरचना थालेको थियो। 

एम्बाप्पेले गत मे महिनामा आफ्नो सम्झौता नवीकरण गरेका थिए। त्यसपछि पीएसजीले प्रशिक्षण नेतृत्वमै फेरबदल गर्ने निष्कर्ष निकालेको थियो। 

पीएसजीले पोचेटिनोसँगै खेल निर्देशक लियोनार्दोलाई पनि क्लबबाहिरको बाटो देखाइदिएको छ। पीएसजीले आगामी सिजन पनि च्याम्पियन्स लिगबाट निराशा नभोग्ने गरी रणनीति निर्माण थालेको छ। 

अब पीएसजीले पोचेटिनको स्थानमा फ्रान्सेली क्रिस्टोफे गल्टेयरलाई नयाँ प्रशिक्षक बनाएको छ। उनी यसअघि फ्रान्सेली क्लब निसमा प्रमुख प्रशिक्षक थिए। 

उनले पीएसजीसँग २ वर्षको सम्झौता गरेका छन्। उनले मेस्सी, नेइमार र एम्बाप्पेबीच सन्तुलन मिलाएर क्लबलाई अघि बढाउने विश्वास लिइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .