ad ad

खेल


इंग्ल्याण्डमा भारतीय समर्थकलाई रंगभेदी टिप्पणी

इंग्ल्याण्डमा भारतीय समर्थकलाई रंगभेदी टिप्पणी

नेपालखबर
असार २१, २०७९ मंगलबार १३:५७, काठमाडौँ

इंग्ल्याण्ड भ्रमणमा रहेको भारतीय क्रिकेट टोली बर्मिंघममा पाँचौ दिनको टेस्ट खेल्ने तयारीमा छ। 

टेष्ट क्रिकेटको चौथो दिन इंग्ल्याण्डका समर्थकले भारतीय समर्थकमाथि रंगभेदी टिप्पणी गरेका छन्। 

टेष्टको चौथो दिनको खेलमा समर्थन गर्न पुगेका भारतिय समर्थकमाथि इंग्ल्याण्डका समर्थकले रंगभेदी टिप्पणी गरेपछि सामाजिक सञ्जालमा विरोध भइरहेको छ।

भारतीय समर्थकले सामाजिक सञ्जालमा पोष्ट गरेपछि इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्ड (ईसीबी) ले कारबाही गर्ने तयारी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

एजवेष्टन स्टेडियमका  प्रमुख कार्यकारी अधिकृत स्टुआर्ड काइनले यो कुरा सुनेर आफू दु:खी भएको बताएका छन्।

उनले भने, ‘हामी सबैलाई सुरक्षित र स्वागत गर्न योग्य वातावरण बनाइरहेका छौँ। ट्वीटपछि आफूहरुले व्यक्तिगतरुपमा कुराकानी गरेर जाँच सुरु गरेको छु। यहाँ केहीलाई पनि यस्तो व्यवहार हुनुहुँदैन।’

ईसीबीले पनि चौथो दिनको घटनाले आफुहरु दु:खी भएको बताएका छन्। क्रिकेटमा नश्लीय भेदभावको लागि कुनै स्थान नरहेको ईसीबीले बताएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .