विश्व फुटबल महासंघ (फिफा) ले पाकिस्तान फुटबल फेडेरेसन (पीएफएफ) माथि लगाएको प्रतिबन्ध हटाएको छ।
फिफाले एक विज्ञप्ति जारी गर्दै करिब १५ महिनापछि पीएफएफमाथिको प्रतिबन्ध हटाएको हो।
सन् २०२१ मा तेस्रो पक्षको अनावश्यक हस्तक्षेप भएको भन्दै प्रतिबन्ध लगाएको थियो।
पीएफएफमा दुई पक्षबीच विवाद भएपछि अदालतले हस्तक्षेप गरेको कारण देखाउँदै फिफाले प्रतिबन्ध लगाएको थियो।
प्रतिबन्धपछि फिफलो नर्मलाइजेसन कमिटी गठन गरेको थियो। कमिटीले पीएफएफ पूर्ण रुपमा आफ्नो मातहतमा ल्याएको कारण प्रतिबन्ध हटाइएको हो।
असार १७, २०७९, शुक्रबार
21
Shares
प्रतिक्रिया