ad ad

खेल


चिनियाँ सुपर लिग फुटबल एक्सन स्पोर्ट्स एचडीमा प्रसारण हुने

चिनियाँ सुपर लिग फुटबल एक्सन स्पोर्ट्स एचडीमा प्रसारण हुने

नेपालखबर
असार १३, २०७९ सोमबार १३:१९, काठमाडौँ

चाइनिज सुपर लिग फुटबलको खेलहरुको नेपालमा प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्स एचडीले गर्ने भएको छ। 

पहिले चाइनिज जिया ए लिगको नाममा हुने यो लिग सन् २००४ देखि चाइनिज फुटबल एसोसिएसन सुपर लिग वा छोटकरीमा चाइनिज सुपर लिग (सीएसएल) को नामबाट सुरु भएको थियो। चाइनिज सुपर लिगको यस सिजनमा कुल १८ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्दै छन्। 

चाइजिन सुपर लिगलाई दर्शकहरुका लागि मात्र नभई अहिले विश्वप्रसिद्ध खेलाडीहरुका लागि पनि आकर्षणको केन्द्रको  रुपमा लिइन्छ। 

यस लिगको जारी सिजनमा ब्राजिलियन खेलाडी ओस्कार, सर्जिन्ह्यो, एन्डरसन सिल्भा बेल्जियमका फेलानी, कंगोका सेड्रिक बकाम्बु, स्विडेनका लार्सनजस्ता विश्वस्तरीय खेलाडिहरु विभिन्न क्लबहरुबाट प्रतिस्पर्धा गर्दैछन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .