ad ad

खेल


सन्दीप भन्छन् - ब्याटिङमा नियन्त्रण नहुँदा जित्न सकेनौं

सन्दीप भन्छन् - ब्याटिङमा नियन्त्रण नहुँदा जित्न सकेनौं

फाइल तस्बिर


नेपालखबर
असार २, २०७९ बिहिबार १४:१५, काठमाडौँ

नेपाली राष्ट्रिय क्रिकेट टोलीले अमेरिका भ्रमणमा रहँदा एक खेलमा जित, एक खेलमा टाई र दुई खेलमा हार भोग्दै सिरिजको अन्त्य गरेको छ। 

सिरिजको अन्तिम खेलमा अमेरिकासँग पराजित भएपछि राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेले हारेका सबै खेल जित नजिक पुगेर गुमाएको बताएका छन्। सिरिजका सबै खेल जित्ने सम्भावना हुँदा पनि ब्याटिङमा नियन्त्रण गर्न नसक्दा हार भोग्न बाध्य भएको बताए। 

सिरिजपछि कप्तान लामिछानेले भने, ‘ब्याटिङमा साना गल्ती भइरहेको छ, यसलाई सुधार गरेर अघि बढ्नुपर्ने देखिएको छ।’ उनले आफूलाई साथ दिन अन्य स्पिनर बलरहरुले विकेट निकाल्न नसक्दा पनि थप समस्या भएको बताए। 

सिरिज गुमाउनुमा टोलीमा अनुभवी खेलाडीको कमी र आफू पनि नयाँ कप्तान भएकाले सिक्दै अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए। 
बलिङमा मात्र हैन नेपालले ब्याटिङमा पनि उच्च प्रर्दशन गर्न सकेन। नेपाली टोलीको नियमित समस्याको रुपमा रहेको ब्याटिङले यो पटक पनि धोका दियो। 

कप्तान लामिछानेले भने, ‘टोलीमा साना साना समस्या आइरहेका छन्। उनले थपे, मैले पहिला पनि भनेको थिएँ, यी सबै गेम हामीले जित्नुपर्ने थियो तर अन्तिममा आएर चुकेका छौँ, हामीले यसलाई सुधार गर्नुपर्ने कुरा देखाएको छ।’ 

कप्तान लामिछानेले भने, ‘बलिङमा सोचेजस्तो राम्रो प्रर्दशन गर्न सकिएन आगामी दिनमा कमजोरीलाई सुुधार्दै जानुपर्ने देखिएको छ।’ 
सिरिजमा राम्रो खेल प्रर्दशन गर्न नसेकेको नेपाली टोलीलाई एक दिवसीय मान्यता जोगाइराख्न थप चुनौती देखिएको छ। 

लामिछानेले भने, आगामी खेलमा थप चुनौती छ, खेलाडीहरुलाई थप अभ्यास गराएर खेल राम्रो पस्कनु पर्नेछ। जितको एकदम नजिक पुगेर हारिरहेका छौँ, हामीले सबै गेम जित्नुपर्ने हो तर लास्टमा गएर कन्ट्रोल लुज भइरहेको थियो।

लिग–२ का अंक तालिका 
आईसीसी विश्वकप एक दिवसीय सिरिजको आफ्नो सबै ३६ खेल सक्दा ओमान शीर्ष स्थानमा छ। अमेरिका सिरिजपछि ओमानको लिग–२ को सबै खेल सकिएको छ।

ओमानले लिग २ का ३६ खेलमध्ये २१ खेलमा जित, १३ खेलमा हार र १ खेलमा बराबरीको नतिजा निकालेको छ। यो समूहबाट ओमान विश्वकपको ग्लोबल छनोटमा जाने पक्का छ। 

दोस्रो स्थानमा रहेको स्कटल्याण्डले २० खेलबाट २८ अंक जोडेको छ। युएईले २२ खेलबाट २६ अंक जोडर तेस्रो स्थानमा छ। 

लिग २ का २४ खेल खेलेको अमेरिका २३ अंकमा चौथो स्थानमा छ। अमेरिका सिरिजसँगै लिग–२ का १६ खेल खेलेको नेपाल १५ अंकमा पाँचौँ स्थानमा उक्लिएको छ। १४ मध्ये ७ खेलमा जित र ८ खेलमा हार र १ खेलमा बराबरीको नतिजा नेपालले निकालेको छ। 

एक दिवसीय मान्यता बचाउन नेपाल शीर्ष ५ को स्थान जोगाइराख्न दबाब छ। यस्तोमा नेपालको एक दिवसीय मान्यता कायम रहने सम्भावना बलियो हुनेछ। अन्यथा नेपालले पुनः छनोट खेल खेल्नुपर्ने हुन्छ।

नेपालले एक स्थान सुधार गरेसँगै नामिबिया भने छैटौँ स्थानमा झरेको छ। नामिबियाले १४ खेलबाट समान १४ अंक नै बनाएको छ।

पुछारमा रहेको पपुवा न्युगिनीले भने २० खेलबाट २ अंक बनाएको छ। यस्तोमा पीएनजीले सोझै ग्लोबल छनोटको क्वालिफायर्स खेल्ने सम्भावना सकिइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .