ad ad

खेल


करण केसी बने त्रिकोणात्मक सिरिजका उत्कृष्ट खेलाडी

करण केसी बने त्रिकोणात्मक सिरिजका उत्कृष्ट खेलाडी

नेपालखबर
असार २, २०७९ बिहिबार १२:१७, काठमाडौँ

अलराउण्डर करण केसीले अमेरिकामा सम्पन्न आईसीसी लिग–२ अन्तर्गत ओमान सम्मिलित त्रिकोणात्मक एक दिवसीय सिरिजको प्लेयर अफ द सिरिज अवार्ड हात पारेका छन्। 

अमेरिका सिरिजमा कीर्तिमानी प्रदर्शन गरेका करण एक दिवसीय र टी–२० आई क्रिकेटका दुवै फर्म्याटमा ५ विकेट झार्ने पहिलो नेपाली खेलाडी हुन्। 

अमेरिका भ्रमणमा रहँदा करणले १३ विकेट झारे। करणले ओमानविरुद्धको दुवै खेलमा समान ५ विकेट झारेका थिए। 

अमेरिकासँगको खेलमा भने ३ विकेट लिएका थिए। अमेरिकासँगको खेलमा ९ ओभर बलिङ गरेका करणले ६७ रन खर्चेर ३ विकेट लिएका थिए।

अमेरिकासँग टाइ भएको खेलमा भने करणले ९ ओभरमा १ मेडन राख्दै ४२ रन खर्चिए पनि विकेट लिन भने सकेका थिएनन्।

ओमानसँगको खेलमा ९ ओभरमा मात्र ३३ रन दिएर ५ विकेट लिए। अर्को खेलमा भने १० ओभरमा ३८ रन खर्चेर ५ विकेट लिए। 

अमेरिकासँगको पहिलो खेलमा विकेट विहिन करणले त्यसपछिका खेलमा लगातार विकेट लिएका थिए।

यसअघि घरेलु मैदानमा भएको टि–२० आई सिरिज अन्तर्गत पपुवा न्यु गिनीविरुद्धको खेलमा ५ विकेट झारेका थिए। 

अमेरिका भ्रमणमा रहँदा नेपाली राष्ट्रिय क्रिकेट टोलीले १ खेलमा जित, एकमा बराबरी र दुई खेलमा हार भोगेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .