ad ad

खेल


नेदरल्याण्ड्ससँग हार्‍यो वेल्स

नेदरल्याण्ड्ससँग हार्‍यो वेल्स

नेपालखबर
असार १, २०७९ बुधबार ८:३, काठमाडौँ

यूईएफए नेसन्स कपअन्तर्गत मंगलबार राति भएको खेलमा  नेदरल्याण्ड्सले वेल्समाथि ३–२ गोल अन्तरको रोमाञ्चक जित हात पारेको छ।

मंगलबार भएको खेलको १७ औं मिनेटमा नोआ लाङले गोल गर्दै नेदरल्याण्ड्सलाई अग्रता दिलाएका थिए। त्यसको ६ मिनेटपछि कोडी गाक्पोले अर्को गोल थपे। त्यसको तीन मिनेटपभि ब्रेनान जोन्सनले वेल्सका लागि गोल गरेका थिए। 

खेलको इन्ज्युरी समयमा वेल्सले पाएको पेनाल्टीमा गेरेथ बेलले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए तर त्यसको एक मिनेटमा नेदरल्याण्ड्सका लागि मेम्फिस डिपेले गोल गर्दै नेदरल्याण्ड्सलाई रोमाञ्चक जित दिलाएका हुन्।

यससँगै समूह डीमा रहेको नेदरल्याण्ड्सले ४ खेलबाट १० अंक हात पारेको छ। वेल्सले भने समान खेलबाट केवल १ अंक जोडेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .