सोमबारका खेलहरु जारी रहँदा नेपालले अहिलेसम्म ४ स्वर्ण हात पारिसकेको छ। जुन १२ औं सागको भन्दा एक बढी हो।
नेपालले हालसम्म तेक्वान्दोमा एक, कराँतोमा दुई र ट्र्यायथ्लोनमा एक स्वर्ण हात पारेको छ।
बाह्रौं सागमा नेपालले ३ स्वर्ण ल्याएको थियो। १२ओं सागमा फुटबल टिम, जूडोकी फूपु ल्हामु खत्री र उसुकी निमा घर्तीमगरले स्वर्ण ल्याएकी थिइन्।
नेपालले यसपटक कम्तिमा ५० स्वर्ण जित्ने लक्ष्य राखेको छ।
सोमबार तेक्वान्दोको पुम्सेमा कमल श्रेष्ठले नेपाललाई स्वर्ण दिलाउँदा, मन्डे श्रेष्ठले कराँतेको कातामा स्वर्ण दिलाए। कराँतेकै सिमियर महिला टोलीबाट निर्मला तामाङ, संगीता मगर र सरु कार्कीले टिम कातामा स्वर्ण जित्दा ट्राइथ्लोलनमा सोनिका गुरुङले स्वर्ण जितिन्।

प्रतिक्रिया