ad ad

खेल


एसीसी महिला टी–२० को लागि प्रारम्भिक टोलीको घोषणा

एसीसी महिला टी–२० को लागि प्रारम्भिक टोलीको घोषणा

फाइल तस्बिर


नेपालखबर
जेठ २२, २०७९ आइतबार ७:१९, काठमाडौँ

मलेसियामा आयोजना हुने एसीसी महिला टी–२० च्याम्पियनसिपका लागि शनिबार नेपाल क्रिकेट संघ (क्यान) ले अन्तिम चरणको बन्द प्रशिक्षणका लागि १९ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ ।

नेपाल क्रिकेट संघ क्यानले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै मलेसियामा आयोजना हुने प्रतियोगिताका लागि अन्तिम चरणका लागि यो नेपाली टोलीको घोषणा गरेको हो । यद्यपि अन्तिम टोली घोषणा गर्न बाँकी छ ।

अन्तिम नामावली घोषणा पूर्वको टोलीमा एपीएफकी रेखा रावललाई प्रशिक्षणमा बोलाइएको छ । यस्तै गण्डकी प्रदेशबाट क्रिकेट खेल्दै आएकी मनिषा उपाध्याय पहिलोपटक राष्ट्रिय टोलीको क्याम्पमा अटाएकी छिन् । ईश्वरी विष्ट र ममता चौधरीलाई पनि प्रशिक्षणमा बोलाइएको छ । केही साताअघि सिनियर टोलीबाट युगान्डाविरुद्ध डेब्यू गरेकी हिरन्मई राय भने टोलीमा समावेश छैनन् ।

प्रतियोगिता जुन १७ देखी २५ सम्म मलेसियामा हुँदै छ । १० टोलीले सहभागिता जनाउने प्रतियोगितामा आयोजक मलेशिया सहित नेपाल, बहराइन, भुटान, हङकङ, कुवेत, सिंगापुर, ओमान, कतार र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन् ।

एसियन क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा हुन  लागेको प्रतियोगितामा १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जस अन्तर्गत नेपाल समूह बी मा रहेको छ । नेपाल सम्मिलित समूहमा बहराइन, भुटान, हङकङ र कुवेत रहेका छन् । यस्तै समूह ए मा मलेसिया, ओमान, कतार, सिंगापुर र युएई समावेश छन् ।

समूहको प्रतिस्पर्धामा हरेक टोलीले एक आपसमा प्रतिस्पर्धा गर्नेछन् । समूह चरणको प्रतिस्पर्धा पछि दुबै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनलमा प्रवेश गरेका दुई टोली अक्टोबरमा आयोजना हुने महिला टी–२० एसियाकपमा छनोट हुनेछन् । छनोट हुने टोली भारत, पाकिस्तान, श्रीलंका र आयोजक बंगलादेश जस्ता टोलीसँग एसियाकप खेल्नेछन् ।  

मलेशियाको किनरारा एकेडेमी ओभल र युकेएम–वाईएसडी क्रिकेट ओभल मैदानमा आयोजना हुने प्रतिस्पर्धामा नेपालले जुन १७ मा भुटान विरुद्ध खेल्दै प्रतियोगिताको आरम्भ हुनेछ । यो खेल नेपालले युकेएम–वाईएसडी क्रिकेट ओभलमा खेल्नेछन् ।

यस्तै नेपालले जुन १८ मा किनरारा स्टेडियममा कुवेतको सामाना गर्दा तेस्रो खेल जुन २० मा बहराइन विरुद्ध खेल्नेछ । यस्तै अन्तिम खेल नेपालले जुन २१ मा हङकङ विरुद्ध खेल्ने तालिका छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .