ad ad

खेल


आरसी ३२ ले बराबरी खेल्दा प्लानिङ बी डिभिजनमा उक्लियो

आरसी ३२ ले बराबरी खेल्दा प्लानिङ बी डिभिजनमा उक्लियो

नेपालखबर
जेठ २०, २०७९ शुक्रबार १६:५१, काठमाडौँ

फागु राम थारुको ह्याट्रिक मद्दतमा ओसिस क्लबलाई फराकिलो अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज युनाइटेड क्लब अपराजित रहँदै बी डिभिजनमा उक्लिएको छ।  

सी डिभिजनको लिग चरणको आफ्नो अन्तिम खेलमा जित्नैपर्ने दबाबमा रहेको प्लानिङ ब्वाइजले शुक्रबार ओसिसलाई ५–० को फराकिलो अन्तरले हराउँदै बी डिभिजनमा बढुवा भएको हो। 

जित मात्र पर्याप्त नभएको लिगको अर्को खेलमा आरसी ३२ फुटबल एकेडेमीले स्पोर्टस एकेडेमी साँगासँग गोलरहित बराबरी खेलेपछि प्लानिङ ब्वाईज बी डिभिजनमा उक्लेको हो। 

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा प्लानिङका लागि थारुले ह्याट्रिक गर्दा अर्जुन कुमार राना र ओम प्रकाश चौधरीले एक एक गोल गरे।

थारुले खेलको  तेस्रो, आठौं र १६औं मिनेटमा गोल गरे। रानाले ५३ तथा ओम प्रकाशले ८२औं मिनेटमा गोल गरे। 

यसअघि झापा एफसी बी डिभिजनमा बढुवा भइसकेको छ। 

आज नै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको अर्को खेलमा आरसी ३२ फुटबल एकेडेमीले स्पोट्र्स एकेडेमी साँगासँग गोलरहित बराबरी खेलेपछि सी डिभिजनमा नै रहन बाध्य भयो। 

आरसी ३२ लाई बी डिभिजनमा उक्लन जित आवश्यक हुँदा प्लानिङले हार भोग्नुपर्ने अवस्था थियो। 

प्लानिङ र झापाले बी डिभिजनमा स्थान बनाउँदा ओसिस र वीरगन्ज युथ एकेडेमी रेलिगेसनमा परेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .