खेल


सागमा आउने खेलाडी र पदाधिकारीलाई जनही पाँच लाखको बीमा सुविधा

सागमा आउने खेलाडी र पदाधिकारीलाई जनही पाँच लाखको बीमा सुविधा

नेपालखबर
मंसिर ९, २०७६ सोमबार १२:१६,

राष्ट्रिय खेलकुद परिषदले नेपालमा यही मंसिर १५ गतेबाट हुने दक्षिण एसियाली खेलकुदमा नेपाल आउने विदेशी खेलाडी र पदाधिकारीका लागि दुर्घटना बीमा गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदमा एक कार्यक्रमको आयोजना गरी सचिवालय तथा १३औं साग आयोजक समितिले सोमबार बीमा कम्पनी आइएमई जनरल इन्सयोरेन्स लिमिटेडसँग सम्झौता गरेको हो।

सम्झौतामा राखेपका सदस्यसचिव रमेश कुमार सिलवाल र आईएमईका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले हस्ताक्षर गरे। आसन्न सागलाई लक्षित गरेर राखेपले आइएमईसँग प्रतिव्यक्ति पाँच लाखको बीमा गरेको हो। सम्झौतासँगै सागको बीमा प्रायोजक आईएमई रहनेछ। साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा आयोजना हुनेछ।

सागमा नेपालसहित भारत, श्रीलंका, माल्दिभ्स, पाकिस्तान, बंगलादेश र भुटानको सहभागिता रहेको छ । सागका लागि विदेशबाट खेलाडी र पदाधिकारी गरी कुल ३ हजार २ सय नेपाल आउँदैछन् । खेलाडी र पदाधिकारीको इन्सोरेन्स खेल अवधिका लागि मात्र मान्य हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad