खेल


भारतको अफगानिस्तानलाई मध्यम लक्ष्य, चार खेलाडीको १ रन

भारतको अफगानिस्तानलाई मध्यम लक्ष्य, चार खेलाडीको १ रन

नेपालखबर
असार ७, २०७६ शनिबार १३:७,

क्रिकेट विश्वकप २०१९ अन्तर्गत जारी खेलमा भारतले अफगानिस्तालाई २ सय २५ रनको मध्यम लक्ष्य दिएको छ।

टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय २४ रन बनायो।

उसका कप्तान विराट कोहलीले ६७ र केदार जादबले ५२ रनको योगदान दिए। त्यसबाहेक विजय शंकर २९, महेन्द्रसिंह धोनी २८ र केएल राहुल ३० रनमा आउट भए।

भारतका चार खेलाडीले १–१ रनमात्रै जोड्न सके। ओपनर रोहित शर्मा, मोहम्मद शामी, कुलदीप यादव र जसप्रित बुम्राहले १–१ मात्रै जोड्न सकेका थिए।

अफगानिस्तानका गुलविद्दिन नइब र मोहम्मद नाबीले २-२ विकेट लिए। यस्तै रासिद खानले १ विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad