खेल


नेमारले बार्सा फर्किने इच्छा राखेपछि बार्साको तीन सर्त

नेमारले बार्सा फर्किने इच्छा राखेपछि बार्साको तीन सर्त

फक्स स्पोर्ट्स
असार ७, २०७६ शनिबार ८:५,

पिएसजीमा अनुबन्ध भएको दुई वर्षपछि नेमारले आफूले बार्सिलोना फर्कन चाहेको अभिव्यक्ति दिन थालेका छन्।

बार्सा पनि नेमारलाई ल्याउन इच्छुक छ। तर बार्साले नेमारसँग तीन सर्त राखेकाे छ। सर्त मानेको खण्डमा मात्र आफूले नेमारलाई क्लबमा पुनः अनुबन्ध गर्ने बार्साको भनाइ रहेको छ।

बार्साको सर्त 

१. हाल पिएसजीमा पाइरहेको तलबभन्दा कम तलबमा बार्सा आउनु पर्ने।

२. बार्सामाथि बोनस रकम नदिएको भनेर लगाएको मुद्धा अदालतबाट फिर्ता लिनुपर्ने।

३. लिग वान छाड्न चाहेको अभिव्यक्ति सार्वजनिक रुपमा राख्नुपर्ने।

सन् २०१७ मा बार्सिलोनमा जमिरहेका नेमारले अप्रत्याशित रुपमा बार्सा छाडेका थिए। त्यसबेला २२२ मिलियन युरोमा पिएसजी पुगेका नेमार हालसम्मकै महंगा खेलाडी हुन्।

Image result for neymar suarez messi

तर पिएसजीमा उनले उल्लेखनीय प्रदर्शन गर्न सकिरहेका छैनन्। उनी प्राय घाइते भइरहने भएकाले खेलमा पूर्ण रुपमा उपस्थित हुन सकिरहेका छैनन्।

साथै अर्का स्टार खेलाडी एमबाप्पेसँग उनको आन्तरिक प्रतिस्पर्धा पनि बढ्दै गएको छ। मेस्सीको छायाँबाट बच्न पिएसजी पुगेका नेमार हाल युवा स्टार एमबाप्पेसँग पनि प्रतिस्पर्धामा छन्।

हालै नेमारले पिएसजी छाडेर आफूलाई घर फर्कन मन लागेको बताएका थिए। 

Image result for neymar and mbappe

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .