रोनाल्डो र क्यासिलासले यसअघि रियल मड्रिडबाट सँगै खेलेका थिए। हाल रोनाल्डो युभेन्ट्सबाट खेलिरहेका छन् भने क्यासिलास पोर्टोबाट खेलिरहेका छन्।
उनले आफ्नो ट्वीटरमा यसवर्षको बालुन डि’ओर रोनाल्डोले जित्नु तार्किक नहुने बताएपछि यतिबेला ठूलो विवाद सुरुवात भएको छ।
उनी ट्वीटमा भन्छन्,‘भान डाइक युइएफएका उत्कृष्ट खेलाडी छनौट भए, मेस्सी फिफाका उत्कृष्ट। यदि क्रिस्टियानोले बालुन डि’ओर जिते मेरा लागि हामीले फुटबलमा प्रयोग गर्ने मार्गहरु र अवार्ड कसले जित्छ भनेर मापन गर्ने प्रक्रियाहरु तार्किक छैन भन्ने मान्नेछु।’
क्यासिलासका अनुसार मेस्सी र भान डाइकले गत सिजन रोनाल्डोभन्दा उकृष्ट प्रदर्शन गरेरै अवार्ड जितेका हुन्।
— Iker Casillas (@IkerCasillas) November 15, 2019Van Dijk fue el mejor jugador para UEFA. Messi fue el mejor para FIFA. Imagina: Cristiano (méritos hace para ello) gana el BALÓN DE ORO, me parecería que las pautas que seguimos en el fútbol para dar premios no tiene mucha lógica, no? Reflexión de viernes. #FelizFinDeSemana
यद्यपी फिफा वर्ष खेलाडी र यूइएफए वर्ष खेलाडी एक सिजनको प्रदर्शनलाई आधार मानेर प्रदान गरिन्छ। बालुन डि’ओरमा भने पुरा क्यालेन्डर वर्षको प्रदर्शन मापन गरिन्छ।
यसमा क्लबका खेल, मैत्रीपूर्ण खेलको प्रदर्शन पनि मापन हुन्छ। विश्वका १ सय ९३ खेल पत्रकारले बालुन डि’ओर अवार्डका विजेता छनौट गर्दछन्। मार्का
प्रतिक्रिया