ad ad

राजनीति


उपनिर्वाचनमा ८० प्रतिशत स्थानमा जित्ने रिपोर्ट आएको छः प्रचण्ड

उपनिर्वाचनमा ८० प्रतिशत स्थानमा जित्ने रिपोर्ट आएको छः प्रचण्ड

नेपालखबर
मंसिर १, २०७६ आइतबार ११:३७,

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपनिर्वाचनको तयारीमा जुटन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन्।

अध्यक्ष प्रचण्डले सरकारको लोकप्रियता बढेको छ भन्ने सावित गर्नेगरी सो उपनिर्वाचनमा पार्टीलाई विजयी गराउने गरी प्रचार अभियानमा खटिन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका हुन्।

पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघ, नेपालले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकारको लोकप्रियता घट्यो भन्नेहरुलाई गलत सावित गराउन तथा पार्टी र सरकारको लोकप्रियता बढेर गएको देखाउन पनि सो उपनिर्वाचनमा पार्टीको पक्षमा परिमाण आउने गरी निर्वाचन अभियानमा होमिनुपर्ने बेला आएको पनि बताए। ‘यो उपनिर्वाचन सरकारको लोकप्रियता बढेर गएको देखाउन पनि हाम्रो पार्टीका लागि अग्निपरीक्षा भएको छ,’ अध्यक्ष प्रचण्डले भने, ‘त्यसका लागि फिल्डमै गएर प्रचार अभियानमा तीव्रता दिई पार्टी र सरकारको लोकप्रियता बढेर गएको देखाउन पार्टीका नेता, कार्यकर्ता डटेर अघि बढनु पर्दछ।’

अध्यक्ष प्रचण्डले उपनिर्वाचनमा पार्टीले अन्य पार्टीले जितेको ८० प्रतिशत क्षेत्रमा पनि विजयी हासिल गर्ने रिर्पोटहरु आईरहेको पनि बताए। उनले यो उपनिर्वाचनमा सबै क्षेत्रमा विजयी भएर पार्टीले आगामी ३ वर्षपछि हुने आम निर्वाचनमा पार्टीलाई झनै शक्तिशाली बनाउने आधार तयार पार्नुपर्ने आवश्यक्ता पनि औंल्याए।

उनले पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघ, नेपाललाई विकास, निर्माण र समृद्धिको विशाल फौजको रुपमा रुपान्तरण गर्न आफूले चाहेको पनि बताए। उनले युवा रोजगारीका विभिन्न कार्यक्रम संचालन गर्न पनि राष्ट्रिय युवा संघ, नेपाललाई निर्देशन दिए। पार्टीकै नेतृत्वको सरकार रहेका बेला युवा रोजगारीको अवसर संचालन हुने गरी विभिन्न कार्यक्रम संचालन गरे त्यसमा सरकारले पनि साथ दिने उनले आश्वासन दिए।

अध्यक्ष प्रचण्डले दुई पार्टीबीचको एकता प्रधानमन्त्री, राष्ट्रपति नभई सिंगो देश र जनताको हितको लागि भएको पनि दोहो¥याए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .