ad ad

राजनीति


कमल थापाको गुनासो : पार्टीमा टेक्ने, बस्ने ठाउँ नदिनेहरु कसम तोड्यो भन्दैछन्

कमल थापाको गुनासो : पार्टीमा टेक्ने, बस्ने ठाउँ नदिनेहरु कसम तोड्यो भन्दैछन्

फाइल तस्बिर


नेपालखबर
फागुन १, २०७८ आइतबार ११:०, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेर नयाँ निर्माणमा जुटेका कमल थापाले कसम तोड्यो भन्दै केही मान्छेले कोलाहल मच्चाएको गुनासो गरेका छन्। 

मंसिरमा भएको एकता महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि थापाले केही दिनअघि नयाँ पार्टी निर्माण गर्ने भन्दै राप्रपा छाडेका थिए। 

२०७६ फागुन २८ मा तीन राजावादी संगठनबीच एकता घोषणा सभाका क्रममा आफूले गीता छोएर खाएको कसम सम्झिँदै उनले पार्टीमा टेक्ने ठाउँ नदिएपछि बाध्य भएर यो कदम चालेको बताएका छन्। 

उनले राप्रपाबाट औपचारिक रुपमा अलग भइसक्दा पनि आफूमाथि पार्टी फुटायो भन्ने आरोप लगाइरहेको पनि उनले गुनासो गरेका छन्। 

हासोँ उठछ! म राप्रपाबाट औपचारिकरूपमा अलग भइसकेको अवस्थामा पनि कमल थापाले पार्टी फुटायो, फुटाउँदै छ, कसम! तोड्यो भनेर कोलाहल मच्चाउँदैछन्', उनले भनेका छन्, 'यो देख्दा उदेक लाग्छ। पार्टीभित्र बस्ने, टेक्ने ठाउँ नदिने। बाहिर निस्कँदा पनि सुख नपाउने!'

उनले राप्रपाबाट बाहिरिइसकेपछि आफू चुप लागेर बस्न नमिल्ने पनि बताएका छन्। 'राप्रपाबाट अलग भएपछि म चुपचाप बस्न मिलेन', उनले भनेका छन्, 'नयाँ सिर्जना बाध्यता हो।'
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .