ad ad

खेल


मैत्रीपूर्ण खेलका लागि मोरिससको टोली नेपालमा

मैत्रीपूर्ण खेलका लागि मोरिससको टोली नेपालमा

नेपालखबर
माघ १०, २०७८ सोमबार १६:३४, काठमाडौँ

नेपालसँगको दुई मैत्रीपूर्ण खेलका लागि मोरिससको फुटबल टोली सोमबार नेपाल आइपुगेको छ। 

मोरिससको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आज नेपाल आइपुगेको हो। 

नेपाल र मोरिससबीच आगामी शनिबार र मंगलबार मैत्रीपूर्ण खेल हुँदैछ। 

मोरिसससँगको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली अहिले बन्द प्रशिक्षणमा व्यस्त छ। मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले केही दिनमा नै टोली घोषणा गर्नेछन्। 

कोभिड–१९ को बढ्दो महामारीका कारण दर्शक सहित वा  बिना दर्शक खेल गराउने भन्ने विषयमा छलफल भैरहेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। मैत्रीपूर्ण खेलमा एक तिहाई दर्शक राखेर खेल गराउने सम्भावना पनि छ। 

नेपाली राष्ट्रिय टोलीले असोजमा भएको साफ च्याम्पियनसिप पछि अन्तर्राष्ट्रिय खेल खेलेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .