खेल


प्रदेश एक ८ विकेटले विजयी,रुविनाको उत्कृष्ट प्रदर्शन

प्रदेश एक ८ विकेटले विजयी,रुविनाको उत्कृष्ट प्रदर्शन

नेपालखबर
असार ६, २०७६ शुक्रबार ६:५६,

प्रधानमन्त्री कप महिला टि-२० क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएको पहिलो खेलमा प्रदेश १ ले प्रदेश २ लाई ८ विकेटले पराजित गरेको छ।

 टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले निर्धारित २० ओभरमा ९ विकेट क्षति मात्र ७१ रन बनाउन सकेको थियोे।

प्रदेश २ का शान्ति चौधरीले ४८ बल खेल्दै १४ रन बनाइन्। यस्तै शोभा आले र सरस्वती चौधरीले समान १३-१३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो स्कोर जोड्न सकेनन्।

बलिङतर्फ प्रदेश १ की लागि कप्तान रुविना क्षेत्रीले ४ ओभर बलिङ गर्दै १६ रन खर्चेर सर्वाधिक ४ विकेट लिइन्। यस्तै अप्सरी बेगमले ३ ओभर बलिङ गर्दै १२ रन खर्चेर २ विकेट लिइन्।

७२ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रेको प्रदेश १ ले १४.२ ओभरमा २ विकेट गुमाएर लक्ष्य भेटायो। प्रदेश १ का लागि कप्तान रुविना क्षेत्रीले ४५ बल खेल्दै अविजित २६ रन बनाइन्।

यस्तै काजोल श्रेष्ठ १९, रोमा थापा १४ रन तथा अप्सरी बेगमले अविजित ४ रन बनाइन्। बलिङतर्फ प्रदेश २ का लागि सन्तोषी चौधरी र सरस्वती चौधरीले समान १-१ विकेट लिए।

खेलकी वुमन अफ दी म्याच प्रदेश १ की कप्तान रुविना क्षेत्री भइन्। प्रतियोगिताको छैटौं खेल शुक्रबार दिउँसो प्रदेश ५ र गण्डकी प्रदेशबीच हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad