फुटबल स्टर लियोनेल मेस्सीले यस वर्षको ‘गोल५० अवार्ड’ पाएका छन्। प्रतिस्पर्धी क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै मेस्सीले यो उपाधि पाएका हुन्।
पीएसजीका फरवार्डले यस वर्ष आफ्नो टोलीको लागि पनि महत्वपूर्ण प्रदर्शन गरेका थिए। उनले अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि जिताएका थिए। मेस्सील पाँचौंपटक ‘गोल५० अवार्ड’को उपाधि जितेका हुन्। रोनाल्डोले पनि पाँचपटक यो उपाधि पाएका छन्।
विश्वभरका एक करोड ४० लाख मानिसले पुरुषतर्फको उत्कृष्ट खेलाडीको लागि भोटिङ गरेका थिए। मेस्सीले रोनाल्डोलाई सानो अन्तरले पछि पारेका हुन्।
तेस्रो स्थानमा रोबर्ट लेवान्डोस्की रहेका छन्। चौथो स्थानमा लिभरपुलका मोहम्मद सलाह थिए भने पाँचौं स्थानमा पीएसजीका कायलिन एमबाप्पे रहेका थिए।
महिलातर्फको ‘गोल५० अवार्ड’ भने बार्सिलोनाकी एलेक्सिया पुटेलासले पाएकी छिन्। उनले भने अन्य प्रतिस्पर्धीलाई ठूलो अन्तरले पछि पार्दै यो उपाधि जितेकी हुन्।
Shares
प्रतिक्रिया