खेल


लिभरकुसेनलाई फराकिलो अन्तरले हराउँदै बायर्न उक्लियो शीर्ष स्थानमा

लिभरकुसेनलाई फराकिलो अन्तरले हराउँदै बायर्न उक्लियो शीर्ष स्थानमा

नेपालखबर
कात्तिक १

जर्मन बुन्डेसलिगा फुटबल प्रतियोगितामा बायर्न म्युनिखले फराकिलो जित हासिल गरेको छ। 

आइतबार राति भएको प्रतिस्पर्धामा साविक विजेता टोली बायर्नले बायर लिभरकुसेनलाई ५–१ गोल अन्तरले हराएको हो। 

लिभरकुसेनको घरेलु मैदानमा भएको खेलमा बायर्नका रोबर्ट लेवान्डोस्की र सर्ज जिनाब्रीले दुई–दुई तथा थोमस मुलरले एक गोल गरेका हुन्। 

लिभरकुसेनले एक गोल मात्र गर्न सक्यो। लिभरकुसेनका  प्याट्रिक सिकले  गोल गरेका हुन्। 

५–१ गोलअन्तरको जितसँगै बायर्न शीर्ष स्थानमा उक्लिएको छ। बायर्नले ८ खेलमा १९ अंक बनाएको हो। पराजित लिभरकुसेन १६ अंकका साथ तेस्रो स्थानमा छ।

कात्तिक १, २०७८, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .