खेल


इपीएल फाइनल: टस जितेर फिल्डिङ गर्दै चितवन

इपीएल फाइनल: टस जितेर फिल्डिङ गर्दै चितवन

नेपालखबर
असोज २३, २०७८ शनिबार १२:०, काठमाडौँ

एभरेष्ट प्रिमियर लिग (इपीएल) को फाइनल खेलमा पोखरा राइनोजविरुद्ध टस जितेर चितवन टाइगर्सले फिल्डिङ गर्ने भएको छ। 

किर्तीपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु भएको खेलमा पोखरा र चितवनले टोलीमा कुनै खेलाडी परिवतर्न गरेको छैनन्। 

पहिलो पटक फाइनल पुगेको पोखरा र चितवन पहिलो उपाधि उचाल्न आतुर छन्। 

चितवनले भने पहिलो क्वालिफायर खेलमा पोखरामाथि ९ विकेटको फराकिलो जित निकाल्दै पहिलो पटक फाइनलमा प्रवेश गरेको हो।

चितवनले भने पहिलो क्वालिफायर खेलमा पोखरामाथि ९ विकेटको फराकिलो जित निकाल्दै पहिलो पटक फाइनलमा प्रवेश गरेको हो।

पोखराले दोस्रो क्वालिफायरमा उपाधि दावेदार भैरहवा ग्लाडियर्टस्लाई ७ विकेटले हराउँदै उपाधि नजिक पुगेको हो।

चौथो संस्करणको इपीएलमा पोखरा र चितवन तेस्रो पटक भिड्न लागेका हुन्। लिग चरणमा चितवनले पोखरालाई ९ विकेटले हराएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad