ad ad

खेल


जर्मन फुटबल क्लब बायर्नद्वारा नेपाली फ्यानलाई तिहारको शुभकामना!

जर्मन फुटबल क्लब बायर्नद्वारा नेपाली फ्यानलाई तिहारको शुभकामना!

नेपालखबर
कात्तिक १०, २०७६ आइतबार ९:१४,

चर्चित जर्मन फुटबल क्लब बायर्न म्युनिखले आफ्ना नेपाली फ्यानलाई तिहारको अवसरमा शुभकामना व्यक्त गरेको छ। क्लबले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्ना नेपाली फ्यानलाई शुभकामना दिएको हो।

सन् १९०० को फेब्रुअरी २७ मा यो क्लब स्थापना भएको थियो। एफसी बायर्न म्युनिखका रुपमा परिचित यो क्लब जर्मनीको बुन्डेसलिगाकै उच्चस्तरको क्लब हो।

जारी सिजनमा पनि यो क्लब १८ अंक जोड्दै लिगाको शीर्षस्थानमा रहेको छ। सन् २०१८–०१९ को सिजनमा बायर्न यूईएफए क्लब कोइफिसियन्ट रयांकिङमा तेस्रो स्थानमा परेको थियो। धेरै आम्दानी गर्ने जर्मन क्लबमध्ये बायर्न अग्रपंक्तिमा रहँदै आएको छ। क्लबले सन् २०१७–०१८ सिजनमा ६५ करोड युरो आम्दानी गरेको थियो।

सन् २०१९ मा मात्रै यो क्लबले ६२ करोड युरो कमाइसकेको छ। यो क्लब विश्वमा धेरै कमाउनेमा ‘टप फोर’भित्र पर्छ। क्लबले युईएफए कप एकपटक, युरोपियन कप विनर्स कप एकपटक, यूईएफए सुपर कप एकपटक, फिफा क्लब विश्वकप एकपटक र दुईवटा अन्तर्राष्ट्रिय कप समेत जितेको छ।

यो क्लबलाई युरोपका सफल क्लबमध्ये एक मानिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .