खेल


अनुको ह्याट्रिकमा विदुरको जित

अनुको ह्याट्रिकमा विदुरको जित

नेपालखबर
असार ५, २०७६ बिहिबार ११:२०,

अनु लामाको ह्याट्रिक मद्दतमा विदुर नगरपालिकाले काठमाडौंमा जारी उप–मेयर कप अन्तर नगरपालिका फुटबल अन्तर्गत बिहीबार भएको खेलमा पनौती नगरपालिकालाई ६-० गोल अन्तरले पराजित गरेको छ।

विदुरको जितमा अनु लामाले ह्याट्रिक गरिन् भने रन्जित राई र रन्जना दर्जीले एक एक गोल थपिन्। यस्तै विदुर पनौतीकी अप्सरा परियारले आत्मघाती गोल गरेकी थिइन्।

जितसंगै समूह ‘डी’ बाट विदुरले पहिलो खेलबाट ३ अंक जोडेको छ। अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा पहिलो पटक भएको प्रतियोगितामा १८ नगरपालिकाको सहभागीता रहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .