टोकियो ओलम्पिकमा भारतीय बक्सर मेरी कोमले सानदार सुरुवात गरेकी छिन।
चेक रिपब्लिककी मिग्वेलिना हर्नान्डेजलाई ४–१ ले पराजित गर्दै कोमले सानदार सुरुवात गरेकी हुन।
३८ वर्षीय मेरी कोम अहिलेसम्म ६ पटक विश्व च्याम्पियन रहिसकेकी छिन। २०१२ को लण्डन ओलम्पिकमा पनि उनले स्वर्ण पदक जितेकी थिइन।
कोमसँग भिडेकी २३ वर्षकी हर्नान्डेज विश्व तेक्वान्दोकी उदयीमान खेलाडी हुन। उनले २०१९ मा पेन अमेरिकन कास्यपदक जितेकी थिइन।
महिला ५१ केजी तौलसमूहमा जितसँगै कोम राउण्ड अफ १६ मा पुगेकी छिन।
186
Shares
प्रतिक्रिया