खेल


टोकियो ओलम्पिकमा २६ सदस्यीय नेपाली टोली, राष्ट्रिय झण्डा गौरिकाले बोक्ने

टोकियो ओलम्पिकमा २६ सदस्यीय नेपाली टोली, राष्ट्रिय झण्डा गौरिकाले बोक्ने

फाइल तस्बिर


नेपालखबर
असार २९, २०७८ मंगलबार १६:३६,

यही जुलाई २३ देखि अगस्ट ८ सम्म जापानको टोकियो सहरमा हुने गृष्मकालीन ओलम्पिकमा नेपालकी पौडीबाज गौरिका सिंहले राष्ट्रिय झण्डा बोक्ने भएकी छिन्। 

ओलम्पिक मार्चपासमा पौडी खेलाडी गौरिकाले राष्ट्रिय झण्डा फहराउने नेपाल ओलम्पिक कमिटीले जानकारी दिएको हो। 

उक्त ओलम्पिकमा नेपालको तर्फबाट खेलाडी, प्रशिक्षक र पदाधिकारी गरी जम्मा २६ जनाको टोली सहभागी हुनेछ। 

त्यसमा पाँच खेलाडी र चार प्रशिक्षक रहेका छन्। 

सहभागी हुने खेलाडीमा पौडीकी गौरिका र एलेक्जान्डर ग्याडिमाड शाह, सुटिङबाट कल्पना परियार, जुडोबाट सानिया भट्ट तथा एथ्लेटिक्सबाट सरस्वती चौधरी रहेका छन्। 

गौरिकाले वुमन्स १ सय मिटर फ्रि स्टाइल र एलेक्जान्डरले मेन्स सय मिटर फ्रि स्टाइलमा प्रतिस्पर्धा गर्नेछन्। 

त्यस्तै कल्पनाले वुमन्स सय मिटर एयर राइफल्स, सानियाले वुमन्स ४८ किलो तौल समूहमा र सरस्वतीले वुमन्स सय मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन्। 

प्रशिक्षकमा पौडीका शंकर कार्की, सुटिङका असिम यादव, जुडोका सूर्यनारायण श्रेष्ठ र एथ्लेटिक्सकी इन्द्रकुमारी मल्ल छन्। 

ओलम्पिकमा नेपालबाट सहभागी अफिसियलहरू

जीवनराम श्रेष्ठ – अध्यक्ष, एनओसी

निलेन्द्रराज श्रेष्ठ – महासचिव, एनओसी

चतुरानन्द राजवैध – उपाध्यक्ष तथा कार्यकरी निर्देशक, एनओसी

तेजबहादुर गुरूङ – उपाध्यक्ष, एनओसी

सुनिलकुमार श्रेष्ठ – उपाध्यक्ष, एनओसी

पिताम्बर तिम्सिना – सहमहासचिव, एनओसी

कुमारी तुलसी थापा – सचिव, एनओसी

प्रकाश शमशेर राणा – सदस्य, एनओसी

राम अवाले – सदस्य, एनओसी

केदार न्यौपाने – सचिव, युवा तथा खेलकुद मन्त्रालय

शिव कोइराला – उपाध्यक्ष, राखेप

रमेशकुमार सिलवाल – सदस्यसचिव, राखेप

सुभाष श्रेष्ठ – सदस्य, राखेप

सम्पन्न श्रेष्ठ – सदस्य, राखेप

नविशमान सिंह प्रधान – मेडिकल

प्रेम बराल – कर्मचारी, टोकियो नेपाली दुतावास

रुपेश डंगोल – स्वयंसेवक, टोकियो स्थित नेपाली स्वंयसेवक

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad